Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओलीलाई चुनौती दिन दुई नेता अग्रसर : केपी ‘एकलौटी’ नेता

Author Avatar साझा न्यूज 24th November 2021 , 12:14 PM
ओलीलाई चुनौती दिन दुई नेता अग्रसर : केपी ‘एकलौटी’ नेता

प्रमुख विपक्षी दल नेकपा एमालेको दशौँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रीत हुने भएको छ । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पार्टीबाट बाहिरिएपछि केपी शर्मा ओली एमालेको एकछत्र नेता बन्नुभएको छ र, महाधिवेशनमा ओली अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुहुने विश्वास गरिएको थियो । तर भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएपछि ओली निर्विरोध निर्वाचित हुने सम्भावना करिब अन्त्य भएको छ । रावललाई उपाध्यक्षको जिम्मेवारी पुनः दिन सकिने भएमा मात्र ओली निर्विरोध बन्न सक्नुहुने अवस्था छ ।

केपी शर्मा ओली अध्यक्ष बन्ने निश्चित भए पनि उपाध्यक्ष, महासचिव र सचिवलगायतका पदहरूमा भने नेताहरू बीच चर्को प्रतिष्पर्धाको स्थिति देखापरेको छ । पदको सङ्ख्या भन्दा ज्यादा नेताहरूको सङ्ख्या भएपछि चर्को प्रतिष्पर्धाको स्थिति पैदा भएको हो । पार्टीमा वरिष्ठ उपाध्यक्ष पदका निम्ति सुवास नेम्वाङ र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा चलिरहेको छ । उक्त पदीय जिम्मेवारीका निम्ति नेम्वाङ्गले रहर गर्नुभएको भए पनि उहाँलाई उक्त पद मिल्ने स्थिति छैन । सर्वसम्मति या निर्वाचन जे भए पनि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई नै मिल्ने पक्कापक्की मानिएको छ । उपाध्यक्षहरूमा सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेलको चयन हुन सक्ने प्रवल सम्भावना छ । पाण्डे र पौडेललाई सम्भावित महासचिवका रूपमा समेत हेरिएको छ ।

भनिन्छ, विष्णु पौडेल महासचिव पदमा दोहोरिन चाहनुहुन्छ । तर केपी ओली शङ्कर पोखरेललाई महासचिव बनाउने पक्षमा भएको बुझेर पौडेलले मुख खोल्न नसक्नुभएको बताइन्छ । अध्यक्ष ओलीले ‘माया गरेको’ कारणले शङ्करको हैसियत बढेको भए पनि एमालेभित्र सुरेन्द्र पाण्डे र विष्णु पौडेलको स्थिति अलिक भिन्न छ । महासचिव पदका लागि सुरेन्द्र पाण्डेलाई उपयुक्त ठान्नेहरूको सङ्ख्या एमालेभित्र अधिक रहेको बुझिन्छ । तर, पौडेल झैँ पाण्डे पनि अध्यक्ष ओलीको इच्छाबेगर महासचिवमा उम्मेदवारी दिने स्थितिमा नरहनुभएको देखिन्छ । यदि ओलीले खुला प्रतिष्पर्धाका निम्ति ढोका खोलिदिनुभएको अवस्थामा महासचिव पदमा पाण्डे, पौडेल र पोखरेलबीच प्रतिष्पर्धा हुने अवस्था बन्न सक्छ । होइन भने पोखरेल संस्थापन पक्षबाट उम्मेदवार बन्ने र घनश्याम भुसालले शङ्कर पोखरेलसँग चुनावी प्रतिष्पर्धा गर्ने परिस्थिति निर्माण भएको छ ।

यसअघि उपाध्यक्ष रहेका युवराज ज्ञवाली र सुवास नेम्वाङलाई कहाँ कसरी ‘सेटल’ गरिने हो सो स्पष्ट हुन सकेको छैन । भीम रावलले अध्यक्षमा उम्मेदवारी नदिएको भए रावललाई उपाध्यक्ष दिनुपर्ने बाध्यता आइलाग्न सक्थ्यो, रावल हिँडेपछि ओलीलाई सजिलो भएको बुझिन्छ । उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ या प्रदीप ज्ञवालीमध्ये एकले मौका पाउने देखिएको छ । सम्भावित सचिवहरूमा गोकर्ण विष्ट, भीम आचार्य, लालबाबु पण्डित, गोकुल बास्कोटा, योगेश भट्टराई र रघुवीर महासेठको नाम अगाडि आएको छ । बास्कोटाले सचिवमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङमध्ये एउटाले उपमहासचिव पद प्राप्त गरेको अवस्थामा अर्कोले सचिव पदमा सीमित हुनुपर्ने हुन्छ । उता किरण गुरुङ र महेश बस्नेत पनि सचिव बन्ने दाउ हेर्दैछन्, तर गुरुङ र बस्नेत यसपटक आफ्नो उद्देश्यमा सफल बन्ने सम्भावना अत्यन्त न्यून मात्र देखिन्छ ।

एमालेको पन्ध्र पदाधिकारीभित्र पर्न यसपटक भीम रावल र घनश्याम भुसालले गर्नुभएको कसरत असफल हुने स्पष्ट हुँदै गएको छ । कदाचित दुवै नेताहरू पदाधिकारी बन्न असफल भएमा उहाँहरू माधव नेपालतिर फर्कनुहोला या एमालेमै रहनुहोला भन्ने जिज्ञाशा एमाले पङ्क्तिभित्र प्रकट हुन थालेको छ । दशौँ महाधिवेशनले केपी शर्मा ओलीलाई थप बलवान बनाउने देखिएको, तर केपीको उत्तराधिकारी को बन्लान् भन्ने विषय भने निकै पेचिलो हुँदै गएको छ ।

एमाले केन्द्रीय समितिमा पन्ध्र पदाधिकारी र ६२ केन्द्रीय सदस्यहरूको चयन विशेष महत्वको मानिन्छ । सम्भावित पदाधिकारीहरूको स्थिति चित्रण गर्न सकिए पनि ६२ केन्द्रीय सदस्यहरूमा कस्ता व्यक्तिहरूको चयन होला भनी यकीन गर्न सकिने अवस्था छैन । केपी शर्मा ओली प्रधानमन्त्री रहँदा सल्लाहकारको जिम्मेवारीमा रहेर ‘कार्यकारी’ भूमिका निर्वाह गर्ने विष्णु रिमाल र राजन भट्टराईले आफ्नो उचाइ निकै बढिसकेको हुनाले पदाधिकारीमै पर्न केपी ओलीसँग एक प्रकारले जिद्दी गरिरहेका छन् । तर रिमाल र भट्टराईले खुला प्रतिष्पर्धा गरेर बैसठ्ठी जना केन्द्रीय सदस्यभित्र आफूलाई पार्न सक्ने विश्वास गरिएको छैन । केपीले विशेष बल लगाएको अवस्थामा मात्र रिमाल र भट्टराईले केन्द्रीय समितिभित्र पाइला हाल्न पाउने सम्भावना रहेको छ ।

ओलीको उत्तराधिकारी को ?

नेकपा एमालेमा केपी शर्मा ओलीको एकलौटी नेतृत्व कायम भएको र, दशौँ महाधिवेशनले ओलीलाई थप बलशाली बनाउने निश्चित भए पनि उहाँको उत्तराधिकारी भने अझै अनिश्चित छ । एमालेमा केपीपछिका नेताहरूमा सुरेन्द्र पाण्डे, ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, सुवास नेम्वाङ र शङ्कर पोखरेलको नाम लिने गरिन्छ । वरियताका दृष्टिले ईश्वर पोखरेल र सुवास नेम्वाङ्ग अगाडि देखिए पनि उल्लिखित दुवै नेताहरू उमेर हद (७० वर्षे) का कारण अर्को महाधिवेशनमा नेतृत्व लिनबाट वञ्चित हुनेछन् ।

प्राप्त जानकारीअनुसार केपी ओली शङ्कर पोखरेललाई आफ्नो उत्तराधिकारी बनाउन चाहनुहुन्छ, तर शङ्कर पार्टीभित्र लोकप्रिय हुनुहुन्न र सबैलाई समेटेर अघि बढ्ने क्षमता पनि उहाँमा नरहेको महसूस समकालिक नेता र कार्यकर्ताहरूले गरेका छन् । भीम रावलले भिन्न मार्ग अवलम्बन गरेको हुँदा उहाँ केपीको उत्तराधिकारीका रूपमा स्वीकार्य हुनुहुन्न । यसर्थमा सुरेन्द्र पाण्डे र विष्णु पौडेलले केपीको उत्तराधिकारी बन्न पाउने स्थिति देखिएको छ । यद्यपि शङ्कर पोखरेल ‘उत्तराधिकारी’ बन्नै नसक्ने भने होइन, त्यसनिम्ति उहाँले आफ्नो सोच र शैलीमा ब्यापक परिवर्तन गर्नुपर्ने हुन्छ, तर शङ्कर आफूलाई बदल्न तयार रहने गतिशील मानिसमा पर्नुहुन्न । विष्णु रिमाल र राजन भट्टराई जस्ता ‘नेता रिझाएर आफ्नो स्पेस बनाउन खोज्नेहरूले मात्र’ यतिबेला शङ्करलाई केपीको उत्तराधिकारी बनाउन जोडबल लगाइरहेका छन् ।

ज्ञातव्य छ, नेकपा एमालेमा पार्टीको नेतृत्व लिन सत्तरी वर्षभन्दा कम उमेरको व्यक्ति हुनुपर्छ । सत्तरी नाघेका व्यक्ति स्वतः अवकाश हुनेछन् । स्वयम् केपी ओली पनि अहिले महाधिवेशन नभएको भए अध्यक्षको उम्मेदवार बन्न पाउनुहुने थिएन । उहाँ आगामी फागुन ११ गतेदेखि सत्तरी वर्ष पूरा हुनुहुनेछ । त्यसपछि महाधिवेशन भएको भए उहाँले प्रत्यक्षदर्शीको भूमिका मात्र निर्वाह गर्नुपर्ने हुन सक्थ्यो । सत्तरी वर्ष पुग्नुभन्दा तीन महिनाअगाडि मात्र अध्यक्ष निर्वाचित भए पनि केपीले पूरा कार्यकाल काम गर्न पाउनुहुनेछ । सत्तरी वर्ष पूरा नहुँदै लिएको जिम्मेवारी पदावधि कायम रहिन्जेल कायम रहने व्यवस्था एमालेको विधानले गरेको छ । घटना र विचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज