Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री र सांसद नै पराजित, मोरङमा कोइराला पक्ष हाबी

Author Avatar साझा न्यूज 25th November 2021 , 12:07 PM
कांग्रेस महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री र सांसद नै पराजित, मोरङमा कोइराला पक्ष हाबी

सुमन सुस्केरा, विराटनगर

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मोरङको संघीय निर्वाचन क्षेत्रको निर्वाचन परिणामले संस्थापन पक्ष कमजोर देखिएको छ । संघीय ६ वटा निर्वाचन क्षेत्रमा पौडेल–कोइराला पक्षको पकड बलियो देखिएको हो । निर्वाचन क्षेत्र नम्बर ५ मा बाहेक अन्य सबैमा पौडेल–कोइराला पक्षका सभापति निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा शंकर राई विजयी भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् । यसैगरी २ मा नागेश्वर सिंह, ३ मा गणेश खड्का र क्षेत्र नम्बर ५ मा जिवक्ष गच्छदार निर्वाचित भएका छन् । गच्छदार सर्वसम्मत निर्वाचित भएका हुन् । उनलाई संस्थापनतर्फका केन्द्रीय सदस्य अमृत अर्यालले साथ दिएका थिए ।

उनलाई विजयकुमार गच्छदारलेको दबाबमा सभापति बनाइएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा मत गणना जारी छ। निर्वाचन क्षेत्र नं ४ मा विनोद बस्नेतले अग्रता लिई रहेको निर्वचन समितिले जनाएको छ । उनी नेता महेश आचार्यको समर्थनमा उम्मेदवार बनेका हुन् ।  यो क्षेत्रमा अझै करिब ३ सय मत गणना हुन बाँकी रहेको छ।

निर्वाचन क्षेत्र नम्बर ६ मा सभापतिसहित सबै पदाधिकारी डा. शेखर कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् ।  क्षेत्रीय सभापति देवराज तामाङले जितेका छन् ।

यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा समेत कोइराला पक्षको पकड देखिएको छ । क्षेत्र नम्बर २ मा  नागेश्वर प्रसाद सिंह क्षेत्रीय सभापतिमा विजयी भएका छन् । उनी पनि कोइराला निकटका सभापति हुन् ।

ठूलाको पराजय

कांग्रेस निर्वाचनमा प्रदेश नं १ का सांसदसहित पूर्वमन्त्री र अग्र भागका नेताहरू समेत पराजित बनेका छन् । प्रदेश सांसदहरू बिन्दिया कार्की, शेखरचन्द्र थापा र शान्ता पौडेल पराजित भए । नेतृ मृदुला कोइराला, नेविसंघका पूर्वनेता बाबुराम कोइराला, दीपक लोहनी, महिला संघ मोरङकी सचिव प्रमीला थापा, दामोदर कोइराला लगायत पराजित भएका छन् ।

महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी चयन गर्ने प्रतिनिधिमा समेत संस्थापनभन्दा पौडेल–कोइराला पक्ष अधिक विजयी भएको बताइएको छ । मतदानको सम्पूर्ण विवरण आउन र अद्यावधिक हुन अझै समय लाग्ने पार्टी उपसभापति शिवनारायण सिंह गनगाईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज