तौलिहवा, मंसिर ९ ।
नेपाली कांग्रेस कपिलबस्तुको क्षेत्र नं. १ को क्षेत्रिय सभापतिमा अब्दुल मन्नान खाँ विजयी भएका छन् । देउवा निकट नेता खाँले २ सय ९९ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटम प्रतिष्पर्धी टेक बहादुर शाहीले २ सय ७९ मतमा चित्त बुझाए । विजयी खाँ कपिलवस्तु क्षेत्र नं. १ का निवर्तमान सभापति समेत हुन् ।
यसै गरी सचिवमा कृष्ण प्रसाद चौधरी २ सय ९६, बिजय कुमार खनालले २ सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिष्पर्धी चन्द्रकान्त पोखरेल २ सय ६३ र अतिकुर रहमान जोल्हाले २ सय ३५ मत प्राप्त गर्नुभएको हो । सह सचिवमा रमेश शर्मा शुक्ला, सक्रन्ती थारु बिजयी भएका छन ।
यस्तै बिजयी हुने क्षेत्रीय सदस्यमा दुर्गा प्रसाद अर्याल, गजाधर पाण्डेय, गेल्मइ, सुरन कुमार शर्मा, उदयराज चौधरी, छत्रमणि पाण्डे, कोपिला थापा, रमा मिलन कहाँर, उषा पाण्डेय रहेका छन ।
यस्तै महाधिवेशन प्रतिनिधिमा राजेश आर्चाय, युवा नेता आशिष शर्मा, डोलकराम घिमिरे, दुर्गा बहादुर सेन, कमल टण्डन, गणेश बहादुर क्षेत्री, दुनिका भुसाल, राजेश सिहं, बिष्णु प्रसाद न्यौपाने, हिमलाल पौडेल, समिरन मियाँ, जमशेद खा, गोबिन्दी थारु, पुरन थारु, छविलाल नेपाली रहेका छन् । त्यस्तै महिलामा बिमला गैरे, इन्दीरा भट्टराई, अपिला टण्डन, तनुश्री भण्डारी अन्य कोटामा मित्रदेव घिमिरे, गिता पाठक, मेवालाल यादव र सुरेश शर्मा बिजयी भएका हुन् ।
क्षेत्र नं. २ को मतगणना विवादको कारण स्थगित भएको छ । मतगणना स्थगित हुनुमा देउवा र पौडेल पक्षले एक अर्कामा आरोप प्रत्यारोप गरेका छन् । क्षेत्र नं. २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा सभापतिको उम्मेदवार रहेका छन् । क्षेत्र नं ३ को मतपरिणाम पनि अझै सार्वजनिक भएको छैन् । हरि पोख्रेल र ब्रह्मानन्द उपाध्याय बीच कडा प्रतिस्पर्धा देखिएको छ ।