Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देउवाले भने- ‘ओली र म सँगै जेलमा बसेका हौँ, अब जनताले यस्ता दुःख नपाउन्’

Author Avatar साझा न्यूज 26th November 2021 , 4:45 PM
देउवाले भने- ‘ओली र म सँगै जेलमा बसेका हौँ, अब जनताले यस्ता दुःख नपाउन्’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलीका दिनमा जनताले दुःख र कष्ट नपाउन् भनेर राजनीतिक दलले सचेत हुनुपर्ने बताएका छन् ।

 

चितवनमा आज आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले हिजोका दिनहरुमा आफुहरुले धेरै जेलनेल, दुःख कष्टहरु भोगेका कारण अब भोलिका दिनमा जनताले यस्तो दुःख नपाउन् भनेर सचेत हुँदै काम गर्नुपर्ने बताए ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिजोका दिनमा आफु पनि सँगै जेल भोगेको पनि देउवाले स्मरण गराए । ‘एमालेका अध्यक्ष ओली जी, वामपन्थी साथीहरु लगायत म पनि सँगै जेल बसेका हौँ । यी सब कुराहरु हामिले भोग्या हुन् ।’ उनले भने, ‘हिजोका दिनमा भोगेका दुःखहरुलाई ध्यान राखेर भोलीका दिनमा कुनै पनि नेपालीलाई दुःख नपरोस्, यस्तो किसिमको परिस्थिती नआओस् भनेर हामी सचेत हुनुपर्छ’ उनले भने ।

 

देउवाले यही मुल्य र मान्यतालाई संस्थागत गराउन आफु र आफु नेतृत्वको सरकार कटिबद्ध रहेको बताए । एमाले महाधिवेशनको सफलताको शुभकामना दिँदै देउवाले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताए । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै देउवो सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको पनि बताए ।

 

यस्तै देउवाले स्वार्थका कारण विभिन्न दलहरु विभाजन भएको बताएका छन् । देउवाले नेपालका राजनीतिक दलहरु स्वार्थमा विभाजित भएको बताए । उनले विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउने यात्रामा प्रतिबद्ध हुन आह्वान नेकपा एमालेलाई आह्वान गरे । प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको भएकाले संवाद मार्फत विभिन्न समस्या समाधान गर्नु पर्ने बताए ।

 

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र कतिपय एमालेका नेताहरूसँगै आफूले जेल जीवन बिताएको स्मरण समेत गरे । हिजो आफूहरूले भोगेका दुःखलाई ध्यानमा राख्दै भोलिका दिनमा त्यस्ता दुःख कसैले भोग्नु नपरोस् भन्नेमा ध्यान दिन जरुरी रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

 

लोकतान्त्रिक संसदीय पद्धतिको मर्मअनुसार महाधिवेशन आयोजना गर्न लागेको भन्दै प्रधानमन्त्री देउवाले एमाले नेतृत्वलाई बधाई तथा शुभकामना दिए । उनले देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज