Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमालेको १०औं महाधिवेशन: सर्वसम्मतको प्रयास असफल, अध्यक्षदेखि केन्द्रीय सदस्यसम्ममा चुनाव हुने

Author Avatar साझा न्यूज 26th November 2021 , 9:23 PM
एमाले दशौँ महाधिवेशन : उद्घाटनको दिन सार्वजनिक सवारी सञ्चालनमा रोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । आगामी पाँच वर्षका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको हो । तर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी नै रहेको नेताहरु बताउँछन् ।

शनिबार पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उद्धघाटन शत्र सकेको एमालेले आइतबार मतदानबाट नेतृत्व चयन गर्ने भएको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले मतदानका लागि आवश्यक सबै तयारी पुरा भएको बताए । विद्युतीय मेसिनबाट मतदान गर्ने र सोही दिन मतपरिणाम पनि सार्वजनिक गर्ने सुब्बाले जानकारी दिए ।

चितवनको नारायणी नदी किनारमा उद्धघाटन शत्र सकेको एमालेले सौराहामा बन्द–शत्र शनिबारदेखि सुरु गर्दैछ । शुक्रबार राती नै केन्द्रीय कमिटीको अन्तिम बैठक सौराहामै बसेको छ ।

कुन पदमा कसको दाबी ?
एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

हालै ललितपुरमा सम्पन्न विधान महाधिवेशनले यस्तो व्यवस्था सहितको विधान पारित गरेको हो । तर शीर्ष नेताहरुलाई व्यवस्थापन गर्न समस्या भएको भन्दै बन्दशत्रबाट पदाधिकारी संख्या बढाउँनेबार पनि छलफल चलिरहेको छ । सर्वसम्मतको प्रयास अझै जारी नै रहेको र नेताहरुको व्यवस्थापनका लागि पदाधिकारी संख्या बढाउँने बिषयमा नेताहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।

१५ सदस्यीय पदाधिकारीमा आउँन चाहने नेताहरुको संख्या बढेसँगै नेतृत्वलाई मिलाउन कठिन भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका आकांक्षीहरु बढेका छन् ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा.भीम रावलले उम्मेदवारी दिँदैछन् । वरिष्ठ उपाध्यक्षका लागि ओली समूहबाट महासचिव इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ आकांक्षी देखिएका छन् । पूर्वमाओवादीबाट स्थायी कमिटीका सदस्य रामबहादुर थापा ‘बादल’ पनि वरिष्ठ उपाध्यक्षकै लाइनमा छन् ।

यस्तै अहिलेका उपाध्यक्षद्धय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले उपाध्यक्षमै उम्मेदवारी दर्ता गराउँनेछन् । उपमहासचिव रहेको घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउँने घोषणा गरेका छन् ।

ओली समूहका नेताहरु लालबाबु पण्डित, किरण गुरुङसहित पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी र १० बुँदे सहमति पक्षधर नेता रघुजी पन्त लगायतकाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउँदैछन् ।

एमालेमा अध्यक्ष पछिको दोस्रो कार्यकारिणी र महत्वपुर्ण पद ‘महासचिव’ हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय बरियताको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव अर्को महाधिवेशनमा स्वतः अध्यक्षका दाबेदार पनि हुन्छन् ।

महासचिवका लागि विष्णु पौडेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउँदैछन् । एमाले स्रोतका अनुसार सचिव प्रदिप ज्ञवाली र गुरुङले उपमहासचिवमा उम्मेदवारी दिने तयारी छ ।

सचिव पदका लागि उम्मेदवार हुनेको संख्या बढी छ । अहिलेका सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यले सोही पदमा दोहोर्याउँन खोजेका छन् । यसैगरी, सचिवका लागि भानुभक्त ढकाल, खगराज अधिकारी, विष्णु रिमाल, प्रभु साह, यमलाल कँडेल, डोरमणि पौडेल, लेखराज भट्ट, कर्ण थापा, मणि थापा, गोकुल बाँस्काटो, रघुवीर महासेठ, शेरधन राई, शेरबहादुर तामाङ, हिक्मत कार्की, अरुण नेपाल, आनन्द पोखरेल, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ, गुरु बराल, खिमलाल देवकोटा, राधा ज्ञवाली, पद्मा अर्याल, विन्दा पाण्डे, राजेन्द्र गौतम लगायतका नेताहरुले उम्मेदवारी दिने चर्चा छ । यस्तै केन्द्रीय सदस्य हुनेको संख्या चार सयभन्दा बढी रहेको छ ।

सत्ताबाट बाहिरिएको र पार्टी बिभाजनको पीडा भोगिरहेको एमालेले अगामी महाधिवेशनबाट नयाँ नेतृत्व गर्दै अगामी निर्वाचनबाट संघीय सरकार, प्रदेश सरकार स्थानीय तहको सरकार बहुमत सहित नेतृत्व गर्ने दावी गर्दै आएको छ । एमाले महाधिवेशनमा २ हजार ३ सय २७ प्रतिनिधि सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज