Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जिल्लाका शीर्ष नेताहरुको सहयोगमा राजेश आचार्य बलियो उम्मेदवार

Author Avatar साझा न्यूज 28th November 2021 , 8:25 AM
जिल्लाका शीर्ष नेताहरुको सहयोगमा राजेश आचार्य बलियो उम्मेदवार

साझा न्यूज । कपिलवस्तु
नेपाली कांग्रेसको जिल्ला सभापति पदका लागि कांग्रेस नेताहरु राजेश आचार्य र अब्दुल कलाम विच आज निर्वाचन हुदै छ । नेपाली कांग्रेस जिल्ला सभापति पदका उम्मेदवार राजेश आचार्य बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । उम्मेदवार आचार्यलाई जिल्लाका कांग्रेस शीर्ष नेताहरुको साथ र समर्थन रहेका कारण उनी बलियो उम्मेदवार बनेका हुन् ।

सभापति पदका ३ उम्मेदवारहरु अब्दुल कलाम, राजेश आचार्य र सुधाकर पाण्डेय चुनावी मैदानमा उत्रिए पनि मनोनयन पत्र दर्ताका समयमा नेता सुधाकर पाण्डेयले राजेश आचार्यलाई समर्थन गरेर अघि बढे पछि उम्मेदवार आचार्यको समुहमा थप उर्जा प्राप्त भएको छ ।

जिल्लाका शीर्ष नेताहरु दीप कुमार उपाध्याय, सुधाकर पाण्डेय, अभिषेक प्रताप शाह, दिर्घनारायण पाण्डेय, विरेन्द्र कुमार कनौडिया लगायतका नेताहरुको साथ र सहयोग राजेश आचार्यलाई छ । त्यसै गरी निर्वाचन क्षेत्र नं. १ का सभापति अब्दुल मन्नान खां, निर्वाचन क्षेत्र नं. ३ का सभापति ब्रम्हानन्द उपाध्याय लगायतको साथ राजेश आचार्यलाई छ ।

समायोजनबाट नेपाली कांग्रेस प्रवेश गरेका नेता राजेश सिंहको समुहले भने शुरुका अवस्थामा अब्दुल कलामलाई सहयोग गर्ने भने पनि पछिल्लो समय भने उनीहरुको आधिकारिक निर्णय भई सकेको छैन । नेता अतहर कमाल भने आफु स्वास्थ्यका कारणले खासै सक्रिय हुन नपाएको र आफुले कुनै समूहमा पनि प्रचार प्रसार तथा लबिंङ्ग नगरेको बताए ।

नेता आचार्य देउवा समूहका र कलाम पौडेल समूहको निकट मानिन्छन् । नेता कलामलाई भने पार्टी सभापति सुरेन्द्र राज आचार्य, कमलेश कुमार शर्मा र क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव श्रेष्ठको साथ र समर्थन रहेको छ ।

वर्तमान पार्टी सभापति सुरेन्द्र राज आचार्यले आफुहरुलाई धोका दिएका कारण सुधाकर पाण्डेय नेतृत्वको समूहले यस पटक राजेश आचार्यलाई सहयोग गर्ने निर्णय गरेको क्षेत्र नं. २ ख का सभापति गिरिजेश कुमार पाण्डेयले बताए । यस अघिका २ वटा निर्वाचनमा सुरेन्द्र राज आचार्यलाई पार्टी सभापति बनाउन सहयोग गरे पनि नेता सुधाकर पाण्डेयलाई वर्तमान पार्टी सभापति आचार्यले यस पटक ठुलो घात गरेको नेता पाण्डेयले आरोप लगाए ।

सवैको साथ र सहयोगबाट यस पटकको निर्वाचन आफुले जित्ने नेता राजेश आचार्यले दाबी गरे । २०३६ सालको विद्यार्थी राजनितिबाट पार्टी राजनिति गर्दै आएका नेता आचार्य जिल्लामा क्रान्तिकारी तथा जुझारु र पार्टी संगठन गर्ने नेताका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज