काठमाडौँ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेसनमा सहमतिमा अघि बढ्न खोजिरहेका बेला अध्यक्ष केपी शर्मा ओली तनावमा परेका छन् । उपाध्यक्ष भीम रावल अध्यक्षमा लड्ने भएका छन् भने अन्य पदाधिकारी मिलाउन ओलीलाई आपत् परेको छ ।
यसबिच माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेको समूहले तीन पदाधिकारीसहित ३५ केन्द्रीय सदस्य मागेपछि ओली झनै संकटमा परेका छन् । रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा तीन पदाधिकारी र ३५ जना केन्द्रीय सदस्य बनाइनुपर्ने निष्कर्ष निकालेको हो।
सोही अनुसार उपाध्यक्ष रामबहादुर थापा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको माग राख्दै उनीहरु अघि बढेका हुन् । यस्तै पूर्व माओवादी समुहले ३५ जना केन्द्रीय सदस्य दिनुपर्ने माग राखेको छ । मागसहित उक्त समुह अहिले ओली बसेकै होटलमा पुगेको छ । यससँगै ओलीलाई पदाधिकारी व्यवस्थापन गर्न झनै तनाव हुने देखिएको छ ।
















































