चितवन । नेकपा एमालेको अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।
महाधिवेश उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमै उत्रिएका हुन् । रावलको प्रतिस्पर्धा केपी ओलीसँग हुनेछ ।