नेपालमा बुधबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ११९, भक्तपुरमा २९ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ पुगेको छ।
गत चौबीस घन्टामा १० हजार ९१९ पीसीआर तथा १ हजार ८०८ एन्टिजेन परीक्षण भएको छ भने २ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार दैनिक संक्रमण पुष्टि हुने दर प्रति एकसय जनामा २.६ प्रतिशत छ ।