मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ । बाग्मती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापति पदका लागि भीमसेन दास प्रधान, गोविन्दराज जोशी र इन्द्रबहादुर बानियाँको मनोनयन दर्ता गरेको हो ।
उम्मेद्वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । प्रदेश निर्वाचन समिति बाग्मती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेलेका अनुसार सभापतिमा बिहान ८ बजेदेखि २ बजेसम्मको समयमा उनीहरूले उम्मेद्वारी दर्ता गराएका हुन् ।
निर्वाचन अन्तर्गत भोलि १८ मंसिर बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका दुई हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एकजना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।