काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ।
शनिबार ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ७४४ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ५ हजार २९५ पीसीआर तथा १ हजार ५०२ एन्टिजेन परीक्षण भएको छ।