काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४५ पुगेको छ।
मंगलबार ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन्।
गत २४ घन्टामा ९ हजार ३८६ पीसीआर तथा २ हजार ४ सय २४ एन्टिजेन परीक्षण भएको छ।















































