नेपालमा बिहीबार थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४, भक्तपुरमा ८ र ललितपुरमा २८ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४९ पुगेको छ।
बिहीबार ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार १०५ सक्रिय संक्रमित रहेका छन्।
गत २४ घन्टामा ८ हजार १८ पीसीआर तथा १ हजार ४३३ एन्टिजेन परीक्षण भएको छ।