काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ पुगेको छ।
बिहीबार २६७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ५२६ सक्रिय संक्रमित रहेका छन्।
गत २४ घन्टामा ७ हजार २३० पीसीआर तथा ३७८८ एन्टिजेन परीक्षण भएको छ।















































