नेपालमा बुधबार थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा ७ हजार २३३ पीसीआर तथा ४ हजार ४३ एन्टिजेन परीक्षण भएकोमा उल्लिखित संख्यामा संक्रमित फेला परेका हुन् ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या अब ११ हजार ५ सय ७९ पुगेको छ ।
बुधबार २७२ जना कोरोना संक्रमणमुक्त भएका र देशभर हाल ५,१८५ सक्रिय संक्रमित रहेका पनि बताइएको छ ।
यसै क्रममा नेपालमा थप एक जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार ९८ वर्षीय एक वृद्धमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पाइएको हो । यसअघि दुई जना विदेशीमा नयाँ भेरियन्ट पुष्टि भएको थियो ।