नेपालमा शुक्रबार थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १५१ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १०६, भक्तपुरमा १० र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८२ पुगेको छ।















































