Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

Author Avatar साझा न्यूज 26th December 2021 , 3:12 PM
उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टीम एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३-० को सेटमा हराउँदै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो ।

अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक बनाएर फाइनलमा पुग्दा अर्को टीमको टुंगो भने श्रीलंका र उज्वेकिस्तानबीचको खेलले तय गर्नेछ । श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार व्यहोरेको उज्वेकिस्तानको ९ अंक छ । किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सले अंकको खाता खोल्न सकेको छैन । नेपालले आफ्नो अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ ।

बंगलादेशको ढाकास्थित मिरपुरमा रहेको शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपाल बलियो मानिएको उज्वेकिस्तानविरुद्ध पहिलो सेटबाटै खेलमा पकड बनाएको थियो । पहिलो सेट सहज रुपमा २५-२० ले खेल आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेटमा २५-२३ र अन्तिम तथा निर्णायक सेटमा २५-१४ ले खेल जितेको थियो।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ३-० तथा तेस्रो खेलमा बंगलादेशलाई पनि समान ३-० कै सेटमा पाखा लगाएको थियो । चौथो खेलमा उपाधि दाबेदार उज्वेकिस्तानलाई हराएसँगै नेपाल समूहको अन्तिम खेल बाँकी हुँदै फाइनलमा पुग्न सफल भयो ।

महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्दा तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल २९ डिसेम्बरमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

दोस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

भर्खरै प्रकाशित

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज