नेपालमा बिहीबार थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको र पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ६ हजार ८१४ पीसीआर तथा २ हजार ८३ एन्टिजेन परीक्षण भएको छ ।
बिहीबार २२८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८७१ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयले मन्त्रालयले आज २२८ जना संक्रमित निको भएर घर फर्किएका जनाएको छ ।
ज्ञातव्य छ, हालसम्म कोरोना संक्रमणबाट नेपालभर ११ हजार ५ सय ९० जनाको मृत्यु भएको छ।