टोकियो/जापान
विश्वकै सबैभन्दा वृद्धा जापानी महिला तानाखा कानेले आफ्नो ११९ औँ जन्मदिन मनाएकी छिन् ।
सन १९०३ को जनवरी २ तारिकका दिन जापानको फुकुओका प्रान्तको सिमे नगरमा जन्मिएकी तानाखा,हाल फुकुओका कै एक वृद्ध/वृद्धा स्याहर केन्द्रमा रहँदै आएकी छिन् । १२० वर्ष वर्षसम्म बाँच्ने चाहना राखेकी तानाखा हाल जिवित संसारकै वृद्धा मानिस हुन् ।
तानाखा सन २०१९ मै गिनिज बुकको रेकर्डमा सबैभन्दा धेरै उमेर बाँच्ने व्यक्तिको रुपमा सुचिकृत गरेको थियो । आफ्नो परिवार भएता पनि, उचित स्याहार सम्भार होस भन्ने उदेश्यले स्याहार केन्द्रमा रहँदै आएकी तानाखा हिजो/आज भने ईसारामा सम्बाद गर्ने गर्दछिन् । उनि, नम्बर पज्जल लगायतका शारीरिक श्रम नपर्ने खेलहरुमा रुची राख्दछिन् ।