Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पछिल्लो तीन दिनमा बेलहिया नाकाहुँदै आएका १५४ जनामा कोरोना संक्रमण पुष्टि

Author Avatar साझा न्यूज 7th January 2022 , 3:15 PM
थप ७८५ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

२३ पुस, बुटवल । पछिल्लो तीन दिनमा रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनमा १ हजार १२ जनाको एन्टिजेन परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए ।

ढकालका अनुसार मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्ला दिनहरुमा संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखा पर्न थालेको उनको भनाइ छ ।

बेलहिया नाकामा भएको एन्टिजेन परीक्षणमा पछिल्लो चार दिनमा संक्रमितहरुको संख्या लगातार बढ्दै गएको उनले बताए ।

भारततर्फबाट लामो दुरीबाट आएका, भारतमा बास बसेकाको अनिवार्य एन्टिजेन परीक्षण गर्ने गरिएको ढकालले बताए । तर सुनौली, नौतनवा लगायतका स्थानमा किनमेल गर्न जाने नेपालीहरुको भने एन्टिजेन परीक्षण गर्ने गरिएको छैन । भारतका नयांदिल्ली, कोलकत्ता, बनारस लगायतका क्षेत्रबाट आएका नेपालीहरुमा संक्रमण देखिएको छ ।

संक्रमण दर बढेसंगै भारतबाट आउनेहरुको एन्टिजेन परीक्षण गर्न सीमा नाकामा हेल्थ डेस्कका लागि स्थान सांघुरो हुंदा परीक्षणमा समस्या भएको ढकालले बताए । एन्टिजेट परीक्षणमा सिद्धार्थनगर नगरपालिका, रेडक्रस लगायतका संस्थाले पनि जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहकार्य गरेका छन् । अहिले नाकामा एन्टिजेन परीक्षणका लागि जनशक्ति पर्याप्त रहेको ढकालले बताए । बिहान ६ बजेबाटै शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको उनले बताए ।

यसअघि पनि नेपालमा भारतबाट आउने व्यक्तिबाटै कोरोना संक्रमण फैलिएको भन्दै उद्योगी व्यवसायीले सीमा नाकामा परीक्षणलाई प्रभावकारी बनाउन माग गरेका छन् । मुख्य भन्सार नाका वाहेक अन्य नाका र खुला सीमामा कडाई गर्न पनि व्यवसायीले माग गरेका छन् ।

उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले कोरोना महामारीका कारण २ वर्षसम्म व्यवसाय थला परेको भन्दै फेरि पनि नाकामा लापरबाही भए संक्रमण फैलिने र लकडाउन भए व्यवसाय धराशायी हुने बताए । ‘सरकारी निकाय संवेदनशील बन्न आवश्यक छ’–उनले भने–‘ भारतबाट भित्रिने संक्रमणलाई रोक्न नसक्ने हो भने त्यसको असर अर्थतन्त्रमा पर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ३०० मा कोरोना संक्रमण, १२४ जना निको

भर्खरै प्रकाशित

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज