काठमाडौँ । नेपालमा शनिबार ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ७६२ पिसिआर परीक्षणका क्रममा ६९६ जना र ३ हजार ५०२ एन्टीजेन परीक्षणका क्रममा २ ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
शनिबार थप २९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ६ जना निको भएका छन् । हाल नेपालमा ६ हजार १४० सक्रिय संक्रमित आइसोलेसन र ११३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
















































