Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री कार्यालय सचिव ‘डम्प’ गर्ने थलोमा परिणत

Author Avatar साझा न्यूज 10th January 2022 , 6:48 AM
प्रधानमन्त्री कार्यालय सचिव ‘डम्प’ गर्ने थलोमा परिणत

????????????????????????????????????

काठमाडौं । सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव भए पुग्नेमा सात जना सचिव राखेपछि प्रधानमन्त्री कार्यालयको प्रशासन संरचना झनै भद्दा बन्न पुगेको छ । सात जना सचिव भए पनि उनीहरूको कार्यसम्पादन सशक्त हुन नसक्दा परिणाम खासै हासिल हुन सकेको छैन ।

सकारले केही दिनअघि मात्रै ‘ओ एन्ड एम’ नै नगरी बिनाऔचित्य प्रशासन र प्राविधिकतर्फ सचिवको एक एक पद सिर्जना गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको संख्या सात पुगेको छ । यसअघि प्रशासनतर्फका चार र कानुनतर्फका एक गरी पाच जना सचिव रहेका थिए । अब भने प्रशासनतर्फका एक थप गरी पाँच जना, कानुनतर्फका एक र प्राविधिक (इन्जिनियरिङ) तर्फका एक गरी सात जना सचिव पुगेका हुन् ।

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज गरेपछि त्यससँगै खारेजी भएको सचिव पदलाई प्रधानमन्त्री कार्यालयमा ल्याएको हो । सो पद इन्जिनियरिङतर्फको हो । यसैगरी, बिरामी अवस्थामा रहेका खगेन्द्र नेपालका लागि प्रशासनतर्फको अर्को विशिष्ट पद सिर्जना गरिएको हो । यद्यपि, नेपाल सेवा निवृत्त भएसँगै सो पद खारेज हुने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार पछिल्लो समय प्रधानमन्त्री कार्यालय सचिवहरू डम्प गर्ने थलोको रूपमा विकास भएको छ । कसैलाई अन्य मन्त्रालयबाट तान्नु पर्ने भएमा वा कोही कतै विवादमा परेका प्रधानमन्त्री कार्यालयमा तान्ने गरिएको छ । अन्य मन्त्रालयबाट तानेर ल्याइएपछि आएका सचिवहरूले उच्च मनोबलका साथ काम गर्ने वातावरण नै बन्न नसक्दा प्रधानमन्त्री कार्यालयका सचिवहरूले राम्ररी काम नगर्ने गरेको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले बताए ।

सिंगो सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयका सचिवहरूको भूमिका सशक्त हुने भए पनि सरकारले उनीहरूलाई उचित वातावरण दिन नसक्दा परिणाम करिब करिब शून्य जस्तै आउने गरेको कार्यालयका अधिकारीहरूको दाबी छ । ‘प्रधानमन्त्री कार्यालयमा आउने सचिवहरू मनोबल उच्च भएको काबिल हुनुपर्छ तर हामीकहाँ अन्यत्रबाट मिल्काएर प्रधानमन्त्री कार्यालयमा ल्याइन्छ, जसका कारण ती सचिवले राम्ररी काम नै गर्न सक्दैनन्,’ प्रधानमन्त्री कार्यालयका अर्का एक अधिकारीले भने ।

सरकार तथा मुख्य सचिवले पनि प्रधानमन्त्री कार्यालयमा राख्ने सचिवहरूको खासै ध्यान पुर्याउन नसक्दा समस्या भएको उनको दाबी छ ।

सरुवामा अत्यधिक ध्यान, फेरि ६ सचिवको सरुवा

पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका ६ सचिवको सरुवा गरेको छ । जसअनुसार बागमती प्रदेश प्रमुख सचिव किरणराज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ भने सो मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा ल्याइएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी उनको ठाउँमा केही दिनअघि मात्रै खारेजीमा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीलाई ल्याइएको छ । यसैगरी, हालै सचिवमा बढुवा भएका कृष्णबहादुर रावतलाई प्रदेश २ वा बागमती प्रदेशमध्ये एकमा पदस्थापन गरिने तयारी गरिएको बताइएको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

बाल विकास सहजकर्तालाई शैक्षिक सामग्री निर्माण तालिम

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज