विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।
पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले जनाएका छन् । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ सङ्क्रमित भेटिएका छन् ।
भाइरस पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ फैलिँदै गर्दा युरोप र मध्यएसियाली देशहरू तीव्र चापमा परेको क्लुगीको भनाइ छ ।