आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ माघ ६ गते तद्अनुसार सन् २०२२ जनवरी २० तारिख बिहीबार माघ कृष्णपक्ष द्वितीया तिथि ७ः१५ पर तृतीया तिथि अश्लेषा नक्षत्र ८ः३ पर मघा नक्षत्र आयुष्मान योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा ८ः३ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः३३ बजे हुनेछ ।
आजको राशिफल
मेष – आशा उत्साह बढ्नेछ । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम बन्नेछ । मान मिल्नेछ । सुख शान्ति बढ्ला ।
वृष – रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । तथापि, इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आरोग्यता र सुख बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – मान महत्व बढ्नेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ।
कर्कट – लगानी बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सभासमारोहमा मान मिल्नेछ । धनको आवागमन भैरहनेछ ।
सिंह – आयस्रोत बढ्नेछ । अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ र पनि सुख शान्ति बढ्नेछ । आरोग्यता बढ्नुको साथै उत्साह पनि बढ्नेछ । नयाँ काममा हात हाल्न भने केही समय पर्खनुहोला । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला ।
कन्या – मनोकूलको काम बन्नेछ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ। यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान महत्व बढ्ला । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।
तुला – समय जोखिमपूर्ण छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । अनावश्यक भ्रमण हुन सक्छ । तथापि सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा राम्रो होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला ।
वृश्चिक – कार्यमा सफलता मिल्ने भए पनि सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । नयाँ सम्भावना देखापर्ला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको बस्तु बढ्ने सम्भावना रहला । भोगविलासमा आकर्षण बढ्नेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । तर विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।
मकर – कर्मयोगी रहनुहुनेछ तर समयमा चिताएको काम सम्पादन नहुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मेहनतअनुसार फाइदा कमै होला । अरुको भरमा नबसेकै राम्रो । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता र सन्तानको सहगयोग मिल्नेछ ।
कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् ।साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुपर्ला ।
मीन – दौडधुप चलिरहला । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ। आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ । यात्रामा सफलता मिल्नेछ । शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला ।
















































