आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ माघ १२ गते तद् अनुसार सन् २०२२ जनवरी २६ तारिख बुधबार माघ कृष्णपक्ष नवमी तिथि स्वाती नक्षत्र ७ः१३ पर विशाखा नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा धुम्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः३८ मा हुनेछ ।
अजको राशिफल
मेष – प्रयारत काम बन्नेछ । परिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ । नयाँ कामको योजना बनाउँदा फाइदा हुन सक्छ, साथै ब्यापार–ब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला ।
वृष – सन्तानसुख मिल्नेछ । तर, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । यात्रा हुन सक्छ ।
मिथुन – सुख शान्ति समृद्धि बढ्नेछन् । कठोर मिहिनेतले काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मिहीनेत वृद्धि हुनेछ । नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्ला ।
कर्कट – व्यस्तता बढ्नेछ । हरेक क्षेत्रमा प्रगति हुनेछ । सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । बल विवेकले काम बन्नेछ ।
सिंह – मान पुरस्कार मिल्नेछ । आकस्मिक लाभ हुन सक्छ, तर परिवारमा भने सामान्य विवाद होला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । वार्तामा सफलता प्राप्त हुनेछ । आफन्तको सहयोग मिल्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।
कन्या – व्यस्तता बढ्नेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । शरिरमा रोग लाग्नाले धनको क्षति होला । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ ।
तुला – धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । रोकिएका काम सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । चिताएका काममा सफलता पाइने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । चिताएको काममा सफलता पाइने र धन लाभ पनि हुने दिन छ । पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ ।
धनु – धर्मपथमा सफलता मिल्नेछ । सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ। अनौठो तरिकाबाट रुपैयापैसा कमाइने छ । आज रमाइलो यात्राको योग पनि रहेको छ । मनोरञ्जनका क्रममा दिन बित्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।
मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनुहोला । सामान्य रोगले सताउला सावधान रहनुहोला साथै भौतिक सरसामनको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । ऋण रोग र शत्रुप्रति सचेत रहनु पर्नेछ ।
कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मीन – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । नचिताएको टाउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुनेछ । रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । सुख शान्ति मान महत्व बढ्नेछ ।