धनगढी । राष्ट्रियसभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तिनैजना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
नेपाली काँग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका छन् ।
स्थानीय तहतर्फ १७५ मतदाता थिए । ती मध्ये नेपाली कांग्रेसका ७४ जना, नेकपा एमालेका ७१ जना, माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता थिए ।
















































