Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ माघ २०७८ शुक्रबार, २८ जनवरी २०२२)

Author Avatar साझा न्यूज 28th January 2022 , 6:26 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (१२ माघ २०७८ बुधबार, २६ जनवरी २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ माघ १४ गते शुक्रबार तद्अनुसार सन् २०२२ जनवरी २८ तारिख माघ कृष्णपक्ष एकादशी तिथि ज्येष्ठा नक्षत्र ध्रुव योग बब करण आनन्दादिमा चर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः४० मा हुनेछ । षट्तिला एकादशी ।

आजको राशिफल

मेष – भाग्योदयको समय रहे पनि सोचिविचारी काम गर्नु हितकर हुनेछ । नसोचेको ठाउबाट लाभ होला । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । प्रशंसकहरू पनि बढ्नेछन्् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ । शत्रुप्रति सचेत रहनुपर्नेछ । हासविलासमा आकर्षण बढ्ला । दौडधुप भने बढ्नेछ । जोखिममा नपर्नु हितकर रहला ।

वृष – समय शुभ र सफलताकारक छ । आनन्द र आरोग्यता बढ्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ । अधुरो काम सम्पन्न हुने दिन छ । पैतृक सम्पत्तिबाट लाभ हुनुका साथै धर्मिक कार्यमा ंलग्न हुने समय छ । मिठो भोजन मिल्नेछ । आफन्त सुख बढ्नेछ । सुखसुबिधाको वस्तु बढ्नेछ । विजयश्री मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – साहसिक कार्यमा रुचि बढे पनि स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको भर नपर्नृ होला । विवादबाट सावधान रहनुहोला । शरीरिक तथा मानसिक आलश्यता बढ्नेछ। उच्चाधिकारी र आफन्तको भने सहयोग प्राप्त हुनेछ । यात्रामा सफलता मिल्नेछ ।

कर्कट – भोगविलासमा रुचि रहनेछ । आर्थिक कर्ममा बढोत्तरी हुनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने हुन सक्छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ ।

सिंह – कठोर मिहीनेतले सफलता मिल्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापारका क्षेत्रमा लाभ मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । भोगविलासको अवसर भेटिएला ।

कन्या – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । अरुबाट कामको तारिफ हुनेछ । दिगो फाइदा हुने नयाँ कामको लागि अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । यात्रामा सफलता प्राप्त होला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ ।

तुला – आफन्तसुख बढ्नेछ तर स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नयाँ कामको थालनी आज नगर्नु होला । धेरै बोल्ने बानीले दुःख पाइएला विचार पुर्याउनु होला । धनको नाश हुन सक्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – शुभता बढ्ला । मनोकूलको काम बन्नेछ । रोकिएको धन उठ्नेछ । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । प्रेमको प्रसंग सुखद रहला । धनको पनि लाभ हुन सक्छ । आफु भन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान्। हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु – लगानी र खर्च बढ्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशीको माहोल छाउने छ । गरिराख्नुभएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, प्रयास जारी राख्नु होला । जागीरमा समस्या देखापर्ने देखिन्छ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ ।

मकर – दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ ।

कुम्भ – सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ भने तर पैसाको हानी होला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । अनिर्णयको बन्दी बनिएला । मान महत्व बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । रोकिएको काम बन्नेछ ।

मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । अधुरा काम बन्ने योग छ । नोकरिमा बर्चस्व बढाउन सकिने छ । आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । हरेक प्रकारले सुख सौभाग्यमा वृद्धि हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज