Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमसीसी सकसः देउवाको प्रस्तावमा प्रचण्ड र नेपालको अपत्ति

Author Avatar साझा न्यूज 1st February 2022 , 8:39 AM
एमसीसी सकसः देउवाको प्रस्तावमा प्रचण्ड र नेपालको अपत्ति

काठमाडौं । सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष चालु संसद् बैठकबाट एमसीसी अनुमोदन गरेर अगाडि बढ्ने प्रस्ताव राखेका थिए । तर, उनको प्रस्तावमाथि प्रचण्ड र नेपालले आपत्ति जनाएका छन ।

प्रचण्डले एमसीसी परियोजना संशोधन नगरी संसदमा लैजान नसकिने पुरानै अडान दोहोर्याउँदै संशोधन गरेर मात्र अगाडि बढाउन प्रधानमन्त्री देउवालाई सुझाव दिएको प्रचण्डको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार प्रचण्डकै भनाइमा समर्थन जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीको विषयमा सत्ता गठबन्धमा विवाद बढाउनुको सट्टा सहमतिको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

सत्ता गठबन्धभित्र एमसीसीको विषयलाई लिएर गठित कार्यदलका सदस्यहरूले संशोधन गर्नुपर्ने विषयसहितको सुझाव प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूलाई अवगत गराइसकेको भए तापनि सत्ता गठबन्धनबीच अझै एमसीसीको विषयमा साझा धारणा बन्न सकिरहेको छैन । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसीसी तत्काल अगाडि बढाउने प्रस्ताव अगाडि सारिरहँदा सत्ता सहयात्री चारै दलले असहमति राख्दै आएका छन् ।

केही दिनयता प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनभित्रका शीर्ष नेताहरूसँग एमसीसी परियोजना अगाडि बढाउन संवाद गर्दै आएका छन । उनले एमसीसीको विषयलाई सधैं अल्झाएर राख्न नहुने भन्दै संसद्बाट अनुमोदन गरेर टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन । एमसीसी पारित गर्नका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल हुन सकिरहेको छैन । प्रधानमन्त्रीले अब बस्ने संसद् बैठकमा एमसीसीलाई टेबुल गर्ने तयारी अगाडि बढाएपछि शीर्ष नेताहरू छलफल जुटेका छन ।

सोमबारको छलफलमा शीर्ष नेताबीच एमसीसीका साथै विभिन्न देशमा राजदूत नियुक्ति र स्थानीय तह निर्वाचनबारे पनि कुराकानी भएको थियो । सत्ता गठबन्धनले संविधानसँग बाझिएको स्थानीय तहसम्बन्धी कानुन संशोधन गरेर मात्रै मिति घोषणा गर्ने निर्णय यसअघि नै गरिसकेको छ । तर, प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अगाडि बढाउने प्रस्ताव अगाडि सारेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणाको प्रक्रिया अगाडि बढ्न सकिरहेको छैन । समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज