Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मोरङमा दुई जनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू

Author Avatar साझा न्यूज 4th February 2022 , 6:45 AM
मोरङमा दुई जनाको हत्याअघि नै थेचोमा मारिएका थिए लिम्बू

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका- १२ थेचोमा हत्याको ५२ दिनपछि बिहीबार घरछेउमा गाडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । प्रमोद थापामगरको घरपछाडि तेह्रथुमका मोहन लिम्बूको शव फेला परेको हो । मोरङको धनपालथान गाउँपालिका- ७ स्थित उखुबारीमा माघ दोस्रो साता मृत भेटिएका दुई व्यक्तिको हत्या गर्ने समूहबाटै लिम्बूको पनि हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

१२ र १३ माघमा धनपालथान बोर्डिङ टोलस्थित उखुबारीमा सुनसरी धरान उपमहानगरपालिका- ३ का राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिका- ४ का शम्भु चौधरीको शव फेला परेको थियो । मोरङ हत्या अनुसन्धानका क्रममा पक्राउ परेका अनिलकुमार मण्डलले दिएको बयानकै आधारमा थेचोमा गाडिएको शवबारे प्रहरीले थाहा पाएको हो ।

अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीको संयुक्त प्रयासमा अनिलकुमार काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई अनुसन्धानका लागि बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय लगिएको थियो । बयानका क्रममा उनले थेँचोमा पनि शव गाडिएको बताएका थिए ।

बिहीबार साँझ प्रहरी घटनास्थल पुग्दा प्रमोदको घरपछाडितर्फ माटोले केही पुरिएको जस्तो देखियो । प्रहरीले माटो हटायो । त्यसमुनि सिमेन्टको प्लास्टर भेटियो । प्लास्टर भर्खरै गरिएझैँ थियो । प्रहरीले एक-एक गरी प्लास्टर फुटायो । करिब पाँच फिट खनेपछि मोहनको शव पोको पारिएको अवस्थामा भेटियो ।

महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले मोरङस्थित उखुबारी र थेँचो हत्या एउटै समूहबाट भएको बताए । उनले भने, ‘सात दिनअघि मोरङको उखुबारीमा दुई व्यक्तिको शव गाडिएको अवस्थामा फेला परेको थियो । सोही हत्या घटना मोरङ प्रहरी र महाशाखाको टोलीले अनुसन्धान गर्दै थियो । यही क्रममा एकजना पक्राउ परे । उनले थेँचोमा गाडिएको शवबारे बताए । खनेर हेर्दा शव पनि भेटियो । त्यसो हुँदा दुवै हत्यामा एकै समूहको हात रहेको निष्कर्षमा प्रहरी छ ।’

अनिलकुमारकै बयानका आधारमा प्रहरीले थप दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ । घटनामा पाँचदेखि ६ जना सहभागी हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्याका लागि भारतीय नागरिक समेत भाडामा प्रयोग गरिएको हुन सक्ने प्रहरीले जनायो । महाशाखा प्रमुख एसएसपी कुँवरले भने, ‘घटनामा पाँचदेखि ६ जना सहभागी हुन सक्ने देखिएको छ । हत्यामा भारतीय नागरिक पनि प्रयोग भएका हुन सक्छन् । मोरङ प्रहरीसहित महाशाखा पनि अनुसन्धानमा लागेको छ ।’

मोहनको हत्यापछि राजेन्द्रकुमार र शम्भुनाथको हत्या
प्रहरीका अनुसार पक्राउ परेका अनिलकुमार मण्डलसहितको टोली मंसिर तेस्रो साता घर भाडामा दिन भन्दै थेँचोस्थित प्रमोद थापामगरको घर पुगेको थियो । घर कम्पाउन्डसहितको थियो । व्यापारिक कारोबारका लागि आवश्यक परेको उनीहरूले प्रमोदलाई बताए ।

प्रमोदले घर भाडामा दिने निणर्य गरे । त्यसपछि अनिलकुमारसहितको टोलीको घरमा आउजाउ हुन थाल्यो । त्यसैक्रममा सो टोलीले तेह्रथुमका मोहन लिम्बूलाई २८ मंसिरमा उक्त घरमा लगे । बन्धक बनाए । अनि घाँटी कसेर हत्या गरे । शव भने सोही घर नजिकै खाल्डो खनेर व्यवस्थापन गरे ।

अनिलकुमारकै टोलीले कारोबार मिलाउन भन्दै धरानका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुनाथ चौधरीलाई मोरङ बोलाए । दुवैको त्यहीँ हत्या गरे । शव व्यवस्थापनका लागि धनपालथान गाउँपालिका- ७ स्थित उखुबारी रोजे । फरक-फरक खाल्डो खनेर दुवै शव पुरे, अनि फरार भए ।

अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले मोरङमा दुवैको हत्या एकै दिन भएको अनुसन्धानमा खुलेको बताए । ‘२८ मंसिरमा यिनीहरूले मोहनको हत्या गरेजस्तो देखिन्छ । त्यसपछि मोरङमा राजेन्द्रकुमार र शम्भुनाथलाई बोलाएका छन् । उनीहरू पनि काठमाडौंबाट छुट्टाछुट्टै पुगेका छन् । र, दुवैको हत्या गरे जस्तो देखिन्छ,’ उनले भने । प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथ २८ मंसिरमै कारोबार मिलाउन भन्दै परिवारसँग बिदा भएर मोरङ गएका थिए । तर, उनीहरू ४ पुससम्म परिवारको सम्पर्कमा थिए ।

हत्याको कारण आर्थिक कारोबार
हत्या गरिएका शम्भुनाथ चौधरी स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनका मालिक हुन् । उनको काठमाडौं- १७ मा कन्स्ट्रक्सनको कार्यालय छ । श्रेष्ठ भने केही वर्षदेखि ठेक्कापट्टा र घरजग्गा कारोबारमा संलग्न थिए । प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथले जग्गा कारोबारदेखि निर्माण व्यवसायमा मात्र नभएर सिमेन्ट उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेका थिए । काठमाडौंमा शम्भुनाथको बसाइ क्षेत्रपाटीमा थियो । राजेन्द्रकुमार भने भक्तपुर बस्थे ।

व्यवसायमा रहेको विवाद नै हत्याको कारण हुन सक्ने महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताए । ‘यिनीहरू व्यवसायी हुन् । ठेक्कापट्टादेखि जग्गा कारोबारमा उनीहरू संलग्न भएको देखिन्छ । यही क्रममा भएको विवाद नै हत्याको कारण हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज