काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएको छ । बैठक २७ गते बस्ने भएको हो ।
कांग्रेसले हालै मात्र ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो, मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पहिलो बैठक बैठक २७ गते बोलाइएको हो ।
बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेक्षुक संस्थाहरु, र बाँकी जिल्ला अधिवेशनबारे छलफल हुने बताइएको छ ।