Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री देउवाको सचिवालय सात महिनासम्म अपूर्ण

Author Avatar साझा न्यूज 6th February 2022 , 6:42 AM
एमसीसी सकसः देउवाको प्रस्तावमा प्रचण्ड र नेपालको अपत्ति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिना बित्दा पनि सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । विभिन्न नयाँ पद सिर्जना गरेर प्रधानमन्त्री देउवाले किस्ता-किस्तामा सचिवालय विस्तार गरेका छन्, तर राजनीतिक, परराष्ट्र र आर्थिक सल्लाहकार जस्ता महत्वपूर्ण पदमा अझै पनि नियुक्ति हुन सकेको छैन ।

शुक्रबार मात्र प्रेस प्रमुखमा पत्रकार गोविन्द परियारलाई नियुक्त गरे । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रूपमा काम गर्दै आएका थिए । तर, औपचारिक नियुक्त भने शुक्रवार मात्रै पाए ।

आफू प्रधानमन्त्री भएको सात महिनापछि प्रधानमन्त्रीले प्रेस प्रमुख नियुक्त गरे पनि अझै उनको सचिवालय अपूणर् छ । सरकारको नेतृत्व गरेको सात महिना बितिसक्दा पनि आफ्नो सचिवालयलाई पूणर्ता दिन सकेका छैनन् ।

अहिलेसम्म प्रधानमन्त्रीको सचिवालयमा पटकपटक गरी नौजना नियुक्त भएका छन् । तर, सबैभन्दा महत्वपूणर् मानिने प्रमुख सल्लाहकार भने प्रधानमन्त्री देउवाले अझै नियुक्ति गरेका छैनन् । प्रधानमन्त्रीका लागि महत्वपूर्ण मानिने राजनीतिक, परराष्ट्र र आर्थिक सल्लाहकार अहिलेसम्म नियुक्त भइसकेका छैनन् ।

प्रेस प्रमुख परियारका अनुसार हालसम्म सचिवालयमा प्रमुख स्वकीय सचिव, दुई स्वकीय सचिव र सल्लाहकारतर्फ ६ जनाको नियुक्ति भएको छ । यसबाहेक प्रमुख सल्लाहकारलगायतको नियुक्ति हुने क्रममा रहेको उनको भनाइ छ । सर्वोच्च अदालतले २८ असारमा संसद् पुनस्र्थापना गर्दै प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न आदेश दिएको थियो । सोहीअनुसार २९ असारमा प्रधानमन्त्री बनेका देउवाले मुख्य सल्लाहकार नियुक्तमा ढिला गरेकोमा उनको आलोचना हुँदै आएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बन्न धेरै आकांक्षी रहेकाले सचिवालय विस्तार ढिलाइ भएको छ । देउवाले आकांक्षी व्यवस्थापनका लागि १४औँ महाधिवेशनपछि मात्र सचिवालयलाई पूणर्ता दिने रणनीति लिएका थिए । अब भने क्रमशः सचिवालय विस्तार हुने प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।

‘सचिवालय विस्तार प्रधानमन्त्रीको तजबिजीको विषय हो । तर, सुरुमा आकांक्षी धेरै भएकाले महाधिवेशनपछि विस्तार गर्ने तय भएको थियोे,’ स्रोतको भनाइ छ, ‘अब सचिवालयलाई पूणर्ता दिने काम सुरु भएको छ । बाँकी नियुक्तिको प्रक्रिया पनि अगाडि बढेको छ ।’

तर, कांग्रेसका एक केन्द्रीय सदस्यले प्रधानमन्त्री देउवाले प्रमुख सल्लाहकार नियुक्तिलाई अझै प्राथमिकतामा नराखेका बताए । पार्टीमा धेरै आकांक्षी रहेकाले पनि तत्काल सल्लाहकार नियुक्तिमा प्रधानमन्त्री देउवाको चासो नदेखिएको उनको भनाइ छ । ‘खासमा उहाँले राजनीतिक, परराष्ट्र र आर्थिक सल्लाहकार नियुक्तिमा खासै चासो देखाउनुभएको छैन । आवश्यक विषयमा विज्ञहरूलाई बोलाएर छलफल गर्ने गर्नुभएको छ,’ ती नेताले भने, ‘प्रमुख सल्लाहकारका रूपमा धेरैको नाम चर्चा भइरहेको छ । तर, नियुक्तिलाई त्यति धेरै महत्व दिनुभएको छैन ।’

राजनीतिक सल्लाहकारको रूपमा डा. प्रकाशशरण महत, रमेश लेखक, मीन विश्वकर्माको नाम चर्चामा छ । त्यस्तै, परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराई र आर्थिक सल्लाहकारमा डा. प्रभु बुढाथोकीको नाम चर्चामा छ । तर, यी नामबारे देउवाले कुनै निणर्य लिइसकेका छैनन् । ‘नामबारे अनेक चर्चा भइरहेका छन् । तर, उहाँले कसलाई नियुक्त गर्ने भन्नेबारे कुनै प्रतिक्रिया दिनुभएको छैन,’ स्रोतले भन्यो, ‘अन्तिमसम्म यिनै नाम नै आउँछन् भन्ने होइन । पार्टी र सरकारमा पनि जिम्मेवारीका कुरा छन्, यसै आधारमा निर्धारण हुने देखिन्छ ।’

प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीसँग सम्पर्क तथा भेटघाटको प्रबन्ध र अभिलेख व्यवस्थापन, प्रधानमन्त्रीको दैनिक कार्यतालिका तयार, प्रधानमन्त्रीको भ्रमण कार्यक्रम, कार्यसूची तथा समय व्यवस्थापन र सुरक्षासम्बन्धी समन्वयका साथै प्रधानमन्त्री समक्ष आउने गुनासो, सुझाव र अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय काम गर्छ । विषयगत सल्लाहकारहरूले सोही विषयमा प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिन्छन् ।

तर, आफ्नै काम र समय चुस्त-दुरुस्त बनाउन सहयोगी हुने सचिवालय गठनमा प्रधानमन्त्री देउवाको चासो नरहनुलाई उनीनिकट नेताले समेत अर्थपूणर् मानेका छन् । प्रधानमन्त्रीको काममा पत्नी आरजु राणा देउवाले चासो राख्ने गरेको आरोप लाग्ने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी प्रधानमन्त्री देउवाले राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई जिम्मेवारी दिएका छन् ।

अहिलेसम्म कस-कसले पाए नियुक्ति ?
प्रधानमन्त्री देउवाले सात महिनाको अवधिमा सचिवालयमा नौजना नियुक्ति गरेका छन् । अहिलेसम्म नियुक्ति हुनेहरूमा प्रमुख स्वकीय सचिवमा भानु देउवा, स्वकीय सचिवमा प्रकाश देउवा र वीरेन्द्र थापा छन् । त्यस्तै, सल्लाहकार समूहतर्फ जनसम्पर्क सल्लाहकारमा जनार्दन नेपाल, प्रेस प्रमुखमा गोविन्द परियार, जनस्वास्थ्यविज्ञमा डा. आरपी बिच्छा, कानुनविज्ञमा केशवराज जोशी, सूचना प्रविधिविज्ञमा दिपेश विष्ट र भाषण तथा वक्तव्यविज्ञमा किरण गजुरेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् पनि अपूर्ण
सचिवालय मात्र होइन, प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद् पनि पूणर् छैन् । दुई मन्त्रालय अझै मन्त्रीविहीन छन् । रक्षा र उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैले हेरेका छन् ।

पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि तत्कालीन रक्षा मन्त्री मिनेन्द्र रिजालले नैतिकताका आधारमा भन्दै ५ पुसमा राजीनामा गरेका थिए । उता प्रधानन्यायाधीको ‘कोटा’ बाट मन्त्री बनेको आरोप लागेपछि गजेन्द्र हमालले राजीनामा गरेका थिए । २२ असोजमा मन्त्री भएका उनले आलोचना र विवाद भएपछि २४ असोजमै राजीनामा गरेका थिए । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज