Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

देखाओटी माया होइन, व्यवहारबाटै जित्नुपर्छ मन !

Author Avatar साझा न्यूज 13th February 2022 , 8:11 PM
देखाओटी माया होइन, व्यवहारबाटै जित्नुपर्छ मन !

■ बबिता गिरी/ ईसाझा न्यूज

त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टौँ घोरिएर शब्द रोजी–रोजी पठाएका एसएमएस, राती–राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिँदो बसेका रातहरू, पहिलो भेट, जुधेका आँखाहरू अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू, मनपरेको केटा या केटी सँगै हुँदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतर्फ लाने त्यो संसार ! मायाका कथाहरू याद गर्दै मायाका नयाँ आयामहरूको शुरुवात गर्ने विशेष दिन हो, भ्यालेन्टाइन डे, अर्थात् प्रणय दिवस ।

आज फेब्रुअरी १४, अर्थात भ्यलेन्टाइन डे (प्रणय दिवस) । एकआपसमा प्रेम साटासाट गरेर यो दिवस विश्वभर मनाईंदै छ । आजका दिन खासगरी प्रेमी–प्रेमिका तथा श्रीमान–श्रीमतीले एकअर्कालाई उपहार आदनप्रदान गरी मनाउने गर्छन् ।

मन परेको व्यक्तिलाई आफ्नो अव्यक्त प्रेमका बारेमा जानकारी गराउने दिनको रुपमा समेत भ्यलेन्टाइन डे अर्थात प्रणय दिवसलाई लिइन्छ । ईशापूर्व ३५० अघि इटलीका तत्कालिन क्लाउडियसले प्रेमका पूजारी सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

क्लाउडियसले आफ्ना सैनिकहरूलाई प्रेम एवम् विवाह गर्न प्रतिबन्ध लगाएपछि पादरी भ्यलेन्टाइनले क्लाउडियसको यो कदमविरुद्ध सैनिकहरूको लुकेर विवाह गराइदिएका थिए । आफ्नो आदेश र चाहनाविपरीत सैनिकहरूको विवाह गराइदिएको भन्दै भ्यलेन्टाइनलाई फेब्रुअरी १४ का दिन अर्थात् आजकै दिन मृत्युदण्ड दिइएको थियो । प्रेम र मानवताका अनुयायी भ्यलेन्टाइनले मृत्युवरण गरेको सम्झनामा हरेक फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको रुपमा मनाउने गरिन्छ ।

खासगरी पश्चिमा देशहरूमा धुमधामसँग मनाइने ‘भ्यालेन्टाइन डे’लाई नेपालमा पनि पछिल्ला वर्ष युवापुस्ताले ठूलै महत्व दिन थालेका छन् । खासगरी किशोर–किशोरीहरूले आ–आफ्ना प्रेमी–प्रेमीकासँग माया साटासाट गरिरहेका हुन्छन् । विभिन्न पार्क तथा सार्वजनिक स्थानमा प्रेमिल जोडीको संख्या बाक्लै देख्न सकिन्छ ।

पश्चिमी सभ्यतामा आयातित ‘डे’का रुपमा आजको भ्यालेन्टाइन डेको आलोचना पनि हुँदै आएको छ । त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई सहि तरिकाले मनाउनु पर्छ । अभद्र प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । देखाओटी माया प्रर्दशन गरेर होइन कि साथीको मन, व्यवहारबाटै जित्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज