साझा न्यूज । तौलिहवा
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा व्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिता जिल्ला व्याडमिण्टन संघ कपिलबस्तुको समन्वय र कपिलबस्तु नगरपालिका वडा नं. १ को सहयोगमा भएको हो ।
सो प्रतियोगितामा आठ वठा टिम सहभागि भएका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी, नारायण दल गोरुसिंगे, निजामति कर्मचारी संघ, व्याडमिण्टन संघ र कपिलबस्तु नगरपालिकाको २ वटा टिमले भाग लिएका थिए । जसमा जिल्ला प्रहरी कार्यालय प्रथम, जिल्ला प्रशासन कार्यालय दोस्रो भएका थिए ।
सो जिल्ला व्याडमिण्टन संघका अध्यक्ष दिनेश हमालको अध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको प्रमुख अतिथ्यतामा भएको थियो ।
प्रतियोगितामा प्रथम र द्वीतिय भएको टिमलाई कप, मेडल, प्रमाण पत्र प्रदान गरिने व्याडमिण्टन संघका अध्यक्ष दिनेश हमालले साझा न्यूजलाइ बताउनुभयो ।