Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गौतम बुद्ध विमानस्थलमा १ वैशाखमा परीक्षण उडान

Author Avatar साझा न्यूज 23rd February 2022 , 7:15 AM
गौतम बुद्ध विमानस्थलमा १ वैशाखमा परीक्षण उडान

भैरहवा । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा नयाँ वर्षको १ वैशाख ०७९ मा परीक्षण उडान गरिने भएको छ ।

‘न्यू इयर, न्यू रन वे’ भन्ने नारासहित विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (एनएसी) को वाइडबडी जहाजबाट परीक्षण उडान सुरु गरिने विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । विमानस्थलमा एरोनेटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले ६ फागुनदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) गरिरहेको छ ।

थाइल्यान्डबाट ल्याइएको विशेष जहाजबाट विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण गर्न दैनिक सात घन्टासम्म उडान भइरहेको छ । ‘क्यालिब्रेसन फ्लाइट बढीमा १५ फागुनसम्म सम्पन्न हुनेछ, एरो थाईले रिपोर्ट दिएपछि अरू प्रोसिडियरहरू पनि समयमै पूरा गर्नेछौँ,’ दाहालले भने, ‘हामी २ जेठ अर्थात् बुद्धपूणर्िमाको दिनदेखि नियमित उडान सुरु गर्नेछौँ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवा पुगेर क्यालिब्रेसन फ्लाइट शुभारम्भ गर्दै नयाँ वर्षमा परीक्षण उडान र बुद्धपूर्णिमामा नियमित उडान सुरु गर्ने गरी काम गर्न निर्देशन दिएका थिए । ‘मन्त्री ज्यूले भनेकै समयमा परीक्षण उडान गर्न हामीले काम गरिरहेका छौँ,’ महानिर्देशक दाहालले भने, ‘अब विमानस्थलमा त्यति ठूलो प्राविधिक समस्या आउला जस्तो लाग्दैन, नयाँ वर्षमा परीक्षण उडान हुनेछ ।’

क्यालिब्रेसन फ्लाइट सम्पन्न भएपछि एरो थाईले प्रारम्भिक रिपोर्ट उपलब्ध गराउनेछ । क्यालिब्रेसन सुरु भएको ५६ दिनभित्र परीक्षण उडानका लागि आवश्यक सबै प्रक्रियाहरू पूरा गरिसक्ने महानिर्देशक दाहालले बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रक्रिया पूरा गर्न पर्याप्त समय रहेको उनको भनाइ छ । उनका अनुसार विमानस्थलमा उपकरण जडानको जिम्मेवारी पाएको एरो थाईले क्यानका प्राविधिकलाई इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) र भिओआर डिएमईको तालिम दिनेछन् ।

विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट परीक्षण उडान सम्पन्न हुनेछ । तर, परीक्षण उडानका लागि जहाज उपलब्ध गराउने विषयमा निगमलाई औपचारिक पत्र भने आइसकेको छैन । ‘१ वैशाखमा निगमको वाइडबडीबाट परीक्षण गर्ने भन्ने अनौपचारिक रूपमा मन्त्री ज्यूले भनिसक्नु भएको छ, तर अझै औपचारिक पत्र आइसकेको छैन,’ निगमका एक अधिकारीले भने, ‘औपचारिक प्रस्ताव आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग आवश्यक छलफल गरेर तोकिएको दिनमा परीक्षण उडान गर्न तयार छौँ ।’ भैरहवा विमानस्थलमा परीक्षण उडान गर्ने सम्बन्धमा बुधबार निगमको आन्तरिक विभागीय छलफल हुँदैछ । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

कार्यक्रममा सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

भर्खरै प्रकाशित

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री आचार्यको अपिल

कार्यक्रममा सम्बाेधन गर्नुहुँदै मुख्यमन्त्री आचार्य ।

एक वर्षमै भत्किने सडकको कारण खोज्न मुख्यमन्त्री आचार्यको निर्देशन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै प्रदर्शन

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

सुनसरी र सिरहा घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, संयमता अपनाउन देशवासीलाई अपिल

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज