Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एमसीसीबारे राजनीतिक दलका आ–आफ्नै अडान

Author Avatar साझा न्यूज 23rd February 2022 , 7:18 AM
एमसीसीबारे राजनीतिक दलका आ–आफ्नै अडान

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभामा टेबुल भएपछि प्रमुख राजनीतिक दल आ–आफ्ने रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् ।

एमसीसी गत आइतबार संसद्मा सरकारका तर्फबाट टेबुल भइसकेको छ । प्रतिनिधिसभाको अर्को बैठक १२ फागुनमा बस्दै छ । एमसीसीबारे सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको आ–आफ्नै रणनीति छ ।

सत्तारूढ नेपाली कांग्रेस एमसीसी संसद्बाट पारित गर्ने पक्षमा उभिँदै आएको छ । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेका बेला समेत कांग्रेस एमसीसी पारित गर्ने पक्षमै थियो । सत्तारूढ भए पनि उसले पारित गर्ने पक्षमै रहेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले एमसीसी नेपालको आर्थिक विकासका लागि ठिक भएको भन्दै संसद्बाट पारित हुने बताए । तत्कालीन नेकपा नेतृत्वको सरकारले ल्याएको प्रस्ताव वर्तमान सरकारले हुबहु सदनमा ल्याइएको बताउँदै उनले नेताले पहिला सरकारमा रहँदा पनि ठिक र अहिले विरोध गर्दा पनि ठिक भन्ने नगर्न आग्रह गरे ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा राजनीतिक दलबीच सहमति गराएर संसद्बाट पारित गर्न छलफलमा रहेको उनले बताए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाका साथै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का शीर्ष नेतासँग निरन्तर छलफल गर्दै प्रधानमन्त्री एमसीसी संसद्बाट पारित गर्नुपर्ने रणनीतिमा छन् ।

सरकारमा नभएको समयमा समेत कांग्रेस सभापति देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफलमा थिए । एमसीसीबारे कांग्रेसभित्र एकमत रहेको र पारित गर्न सहयोग गर्ने प्रतिबद्ध देउवाले प्रतिपक्षमा रहेका बेलासमेत व्यक्त गर्दै आएका थिए । अहिले सरकारको नेतृत्व आफैंले गरेपछि उनले प्रमुख प्रतिपक्षी एमालेलाई समेत सहमतिमा लिएर पारित गर्न ओलीसँग छलफल गरिसकेका छन् ।

तर, प्रमुख प्रतिपक्षी एमालेले एमसीसी पारित गर्ने विषयमा कुनै प्रतिबद्धता व्यक्त गरेको छैन । आफैंले सरकारको नेतृत्व गर्दा दर्ता गरिएको प्रस्ताव पारित गर्नमा सहयोग गर्न देउवाले आग्रह गर्दै आएका छन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूको माग सम्बोधन नभएकाले संसद्मा विरोध गर्दै आएको बताए ।

‘एमसीसीबारे सत्तारूढ दलकै बीचमा सहमति हुन सकेको छैन । सत्तारूढ दलको फरक मत आइरहेको छ । दोहोरो चरित्र देखिएपछि हामीले पहिला तपाइँहरू यसबारे स्पष्ट धारणा लिएर आनुस् भनेका छौं’ नेम्वाङले भने, ‘उहाँहरूको स्पष्ट धारणा आएपछि हामी पनि निर्णय गर्छौं । त्यसभन्दा अघि हामीले उठाउँदै आएको माग सम्बोधन पहिला हुनुपर्छ समेत हामीले भनेका छौं ।’

तर, एमालेको माग सम्बोधन गरेर सहमतिमा ल्याउने प्रयास सरकारले नगरेको आरोप समेत उसले लगाउँदै आएको छ । आफूहरूको माग सम्बोधनमा सरकारले चासो नदिएको आरोप एमालेको छ ।

माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरिसकेका छन् । एमसीसीलाई संसद्मा टेबुल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दलको बैठकमा सहमति दिएपछि पार्टीभित्रैको विवाद झेलिरहेका छन् ।

प्रचण्ड र नेपालले एमसीसीको पक्षमा मतदान नगर्ने स्पष्ट गरिसकेका छन् । बरु सरकार छोड्नुपर्ने अवस्था आए सरकार छोड्ने तर पक्षमा मतदान गर्न नसकिने दुवै दलको अडान छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको पक्षमा मतदान नगर्ने पार्टीले निर्णय गरिसकेको बताए । पार्टीको निर्णयअनुसार माओवादी केन्द्र एमसीसीको विपक्षमै रहने उनले बताए ।

उता एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसीको पक्षमा पार्टी नभएको बताए । पार्टीको निर्णयअनुसार एमसीसीको विपक्षमा मतदान गरिने उनले बताए ।

माओवादी र एकीकृत समाजवादी निकटका युवा विद्यार्र्थीको संगठनले एमसीसीको विरोधमा आन्दोलन गर्दै आएका छन् । सो आन्दोलनमा पार्टीकै शीर्ष नेता पुग्ने गरेका छन् । एमसीसीका सर्त संशोधन नगरी यथास्थितिमै पारित गर्ने पक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी नभएको शीर्ष नेताले समेत बताउँदै आएका छन् ।

‘संसद्मा टेबुल गर्न सहमति दिनु नै ठूलो कुरा हो, गठबन्धन भत्किन्छ कि भनेर सहमति दियौं । हामी कुनै पनि हालतमा यथास्थितिमै एमसीसीको पक्षमा मतदान गर्न सक्दैनौं । पार्टीको निर्णय पनि त्यही हो, बरु सरकार छोडिन्छ तर एमसीसीको पक्षमा मतदान गरिँदैन’ माओवादी केन्द्रका एक नेताले भने ।

सत्तारूढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको स्पष्ट धारणा सार्वजनिक भइरहेका बेला पाँँच दलीय गठबन्धनमा रहेको जसपाको एकीकृत धारणा आउन सकेको छैन । जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा खुलेर लागेका छन् । तर, अध्यक्ष उपेन्द्र यादव पारित गर्न नहुने पक्षमा उभिँदै आएका छन् ।

अन्य विषयका साथै एमसीसीलाई समेत लिएर जसपामा विवाद चर्किँदै गएपछि पार्टी नै फुटको संघारमा पुगेको छ । भट्टराई र यादवबीच पछिल्लो समय बोलचाल समेत बन्द भएको छ । पार्टीले पछिल्लो राजनीतिक अवस्थाबारे एकीकृत धारणा तय गर्न १३ फागुनमा कार्यकारिणी समितिको बैठक काठमाडौंमा बस्दै छ ।

उता पाँच दलीय गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा पहिलेदेखि नै एमसीसी सम्झौता खारेजको माग गर्र्दै सडक आन्दोलन गर्दै आएको छ । प्रतिपक्षमा रहेको नेपाल मजदुर किसान पार्टी समेत एमसीसी खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमै छ ।

सत्तारूढ दलकै नेताहरू एमसीसीको विपक्षमा उभिएपछि सरकार छोडन दबाब समेत बढ्दै गएको छ । कांग्रेस महामन्त्री थापाले सरकारले प्रस्ताव गरेको विषयका विरोधमा हुनेहरूले सरकारमा बस्न नसुहाउने टिप्पणी गरेका छन् । गठबन्धनमा पनि बस्ने, सरकारमा पनि रहने तर सरकारको प्रस्तावको विरोध पनि गर्ने भए सरकार छोड्दा नै राम्रो हुने उनले बताए ।

एकीकृत समाजवादीका सम्मानित नेता एमसीसी कुनै पनि हालतमा पारित हुन नदिने भन्दै भने, ‘हामी कुनै पनि हालतमा यथास्थितिमै एमसीसी संसद्बाट पारित हुन दिदैनौं । त्यसमा रहेको राष्ट्रहितविपरीतका सर्त संशोधन नगरी यो पास हुन सक्दैन । एमसीसी सम्झौतामा राष्ट्रघात हुने खालका पक्षहरू भएकाले संशोधन नगरी संसद्बाट पारित गर्न सकिँदैन ।’ समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज