–वविता गिरी, तौलिहवा
आज महाशिवरात्री भगवान शिवको अति प्यारो दिनको रुपमा मानिन्छ । साथै हिन्दु धर्मालम्वीहरुको लागि महत्त्वपूर्ण रहेको छ ।
आज संसार भर रहेका शिवालयहरुमा भक्तजनहरुको भिडभाड रहेको छ । त्यस्तै एसियाकै सबै भन्दा ठूलो शिवलिङ्गको रुपमा मानिने कपिलवस्तुको सदरमुकाम स्थित तौलेश्वरनाथ शिवालय मन्दिरमा पनि विहानै देखि भक्तजनहरुको बाक्लो रुपमा भिडभाड रहेको छ । यस शिवालयमा शुद्ध मनले मागेको मनोकामना पुराहुने श्रद्धालुहरुको विश्वास रहि आएको छ ।
साउने सोमवार होस या बोलवम कावर यात्रा सधै जसो भक्तजको जमघट भै रहने यस शिवालयमा जिल्ला भित्रका भक्तजन मात्र नभई नेपालका विभिन्न ठाउँ साथै भारतबाट पनि दर्शनार्थीहरु आउने गरेका छन् ।
आजको दिन स्नान गरी शुद्ध मनले ब्रत बसी भगवान शिवको प्रिय वस्तु दूध,धतुरो,बेलपत्र पत्र चडाई पूजाआरधना गरी ऊँ नम शिवाय जाप गरेमा सर्वशिद्धि लाभभई यालोक जानु नपर्ने, धार्मिक विश्वास रहेको छ ।
हामिले परापूर्वकालदखिे मान्दै आएका हाम्रा परम्पराहरुले विश्व सामु हाम्रो परिचय दिन्छ त्यसकारण पनि हाम्रो संस्कृतिलाई जोगाई राख्नु हामी सबैको कर्तव्य हो । तर परम्पराको नाममा अन्धविश्वासलाई बढावा दिनु कदापि राम्रो होईन ।
विषेश गरी अहिलेको युवा पुस्ताले पनि एकपटक आफूलाई नियाल्नु पर्ने हुन्छ । परम्पराका आडमा गलत बुझाई र गलत अभ्यास त गरी रहेका छैनौं ? शिवरात्री विशेषमा शिवको प्रसाद भन्दै विभिन्न नशालु पर्दाथको सेवन गरी रहेको त छैनौं ? यी प्रश्नहरु एक पटक आफैलाई गर्नु पनि जरुरी छ ।
हामी अहिलेका युवा विभिन्न प्रविधिहरु संग नजिक छौ, शिक्षित छौं, त्यसकारण पनि हाम्रो देशमा रहिआएका दास प्रथा, सती प्रथा, देवकी प्रथा जस्ता अन्य धेरै प्रथा र अन्धविश्वासलाई हटाउदै यहाँ सम्म आई पुगेको कुरा हामीहरुलाई थाहा नै छ । त्यसैले हामिले हाम्रो परम्परालाई मनाउ यसका सकारात्मक पक्षलाई बढावा दिदै यसमा रहेका नकारात्मक पक्ष्यहरुलाई आजैबाट त्यागौं ।

















































