Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बलात्कार मुद्दामा अपहरण समेत ठहर

Author Avatar साझा न्यूज 7th March 2022 , 6:38 AM
‘जेष्ठ नागरिक’लाई घरघरमै गएर कोरोना खोप दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बालिका बलात्कार मुद्दामा अपहरण तथा शरीर बन्धकको सजाय समेत थप गरी १७ वर्ष कैद र एक लाख रूपैयाँ जरिवाना ठहर गरेको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले १३ वर्षे बालिका बलात्कारको मुद्दामा बाआमाको सहमतिबिना अपहरण गरेको ठहर गर्दै सजाय सुनाएको हो । २०७८ माघ २४ मा भएको फैसलाको पूणर् पाठ हालै सार्वजनिक गरिएको हो ।

सर्लाहीको लालबन्दीमा १३ वर्षीया बालिका बलात्कृत भएको ठहर गर्दै सर्वोच्चले थप सजायसहित फैसला गरेको हो । लालबन्दीका एक निजी विद्यालयका प्रिन्सिपलले बालिकालाई होटलमा पुर्‍याई बलात्कार गरेका थिए ।

सर्वोच्चले कुनै पनि बालिकालाई अभिभावकको अनुमतिबिना लैजानु अपहरण ठहर गर्दै जबरजस्ती करणीसहित अपहरण तथा शरीर बन्धकमा सजाय थपेर फैसला सुनाएको हो । सर्वोच्चले बलात्कारको मुद्दामा १० वर्ष र शरीर बन्धकमा ७ वर्ष गरी १७ वर्ष सजाय ठहर गरेको हो ।

कसैले कुनै व्यक्तिलाई अपहरण गरी वा शरीर बन्धक लिई निजउपर प्रचलित कानुनबमोजिम सजाय हुने अन्य कुनै कसुर गरेको रहेछ भने त्यस्तो व्यक्तिलाई अतिरिक्त सजायसमेत गर्नुपर्ने प्रावधान छ । त्यसै अनुसार सर्वोच्चले जबरजस्ती करणीका साथै अपहरण तथा शरीर बन्धकमा पनि थपेर सजाय सुनाएको छ ।

यस्तो थियो घटना

घटना २०७१ साल कात्तिक २९ मा सर्लाही लालबन्दीमा भएको हो । १३ वर्षीया बालिका मामाघरबाट आफ्नो घर फर्किने क्रममा बलात्कृत भएकी थिइन् । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको बसबिसौनी प्रतीक्षालयमा बसेकी बालिकालाई घर पुर्‍याइदिने भन्दै नमुना ज्ञानोदय एकेडेमी बोर्डिङ स्कुलका प्रिन्सिपल गणेश श्रेष्ठले मोटरसाइकलमा राखी धनुषा पुर्‍याएका थिए ।

उनले बालिकालाई घर पुर्‍याइदिने बहानामा गेस्टहाउसमा लगेका थिए । तत्कालीन बेगाडावार गाविसमा रहेको एक गेस्टहाउसमा लगी रातभरि जबरजस्ती करणी गरेको अदालतले ठहर गरेको छ । उनले बालिकालाई ज्यान मार्ने धम्की दिएर कसैलाई नभन्न समेत त्रास देखाएका थिए । बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टबाट करणी प्रमाणित भएको थियो ।

त्यसविरुद्ध बालिकाका आफन्तले प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । त्यसपछि श्रेष्ठविरुद्ध बलात्कार मुद्दा चलाइएको थियो । सुरुमा धनुषा जिल्ला अदालतले पीडितलाई प्रतिवादीबाट २ लाख रूपैयाँ क्षतिपूर्ति भराइदिने र अपहरणतर्फको अभियोग दाबी नपुग्ने फैसला गरेको थियो । फैसलाउपर वादी प्रतिवादी दुवैले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।

उच्च अदालत जनकपुरले कसुर ठहराएकोमा फैसला सदर गरी जबरजस्ती करणीको कसुरमा आठ वर्षमात्रै कैद फैसला गरेको देखियो । ‘वस्तुगत आधार र मनासिव कारण विद्यमान हुन आवश्यक हुन्छ । कुनै कारण र आधार नखुलाई अमूर्त र हचुवा तबरबाट न्यायको मकसद पूरा हुने भनी फैसलामा लेखिँदैमा औचित्य प्रमाणित हुन सक्दैन’, सर्वोच्च अदालतले ठहर गरेको छ ।

‘घटनाक्रम हेर्दा प्रतिवादी गणेशबहादुर श्रेष्ठ प्रिन्सिपल रहेको स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षकी नाबालिका छात्रालाई अभिभावकलाई जानकारी नदिई घरमा पुर्‍याइदिन्छु भनी झुक्याएर मोटरसाइकलमा चढाई उल्टो बाटोबाट लगेर नजिक बौबा होटलमा पुर्‍याएको र बालिकालाई पटक पटक करणी गरेको तथ्य स्थापित छ’, सर्वोच्चले फैसलामा भनेको छ ।

जिल्ला र उच्च अदालतको फैसलालाई उल्लेख गर्दै सर्वोच्चले भनेको छ, ‘न्याय एकापट्टि, मकसद अर्कैपट्टि हुन हुँदैन । हचुवा, स्वेच्छाचारी वा अमूर्त रूपमा न्यायको मकसद पूरा भएको ठान्न मिल्दैन । सजाय तोक्ने कुरामा पनि उच्च अदालत जनकपुरबाट भएको फैसलामा त्रुटि कायम रहेको देखिन आयो ।’

जबरजस्ती करणीको कसुरमा हुने ठहर भएको सजायमा अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा भएको सजाय जोड्दा थप आउने योगफलअनुसारको कुल सजाय गर्नुपर्ने सर्वोच्चको ठहर छ । ‘मुलुकी अपराध संहिताको दफा ४३ मा उल्लेख भएको ‘एकीकृत कसुरबापत थप सजाय हुने’ प्रावधान वा फौजदारी कसुर ऐन २०७४ को दफा ३६ बमोजिम ‘विभिन्न कसुरबापत भएको सजायको कार्यान्वयन’ सम्बन्धी प्रावधानको अपवाद अवस्थाको रूपमा लिन सकिन्छ,’ अदालतले भनेको छ । नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

भर्खरै प्रकाशित

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

काठमाडौँका खोला आसपासमा सतर्कता अप्नाउन आग्रह

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

लुम्बिनी प्रदेशमा अब ८ मन्त्रालय

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीको सामूहिक राजीनामा

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काङ्ग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज