नेपालमा सोमबार २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २२, भक्तपुरका १ र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४८ पुगेको छ ।
सोमबार कूल ३७६ जना कोरोना संक्रमणमुक्त भएको र हाल देशभर ६ हजार १५० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनएको छ ।
गत चौबिस घन्टामा ६ हजार १४५ पीसीआर तथा २ हजार ४९३ एन्टिजेन परीक्षण भएको छ ।















































