नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ हजार ४९५ पिसिआर परीक्षणका क्रममा ३५ जना र २ हजार ९९ एन्टिजेन परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।
मंगलबार थप ४८१ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६३ हजार ५९२ जना निको भएका छन् ।
हाल नेपालमा २ हजार ६ ८८ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।















































