Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानीय चुनावमा जित्ने दलहरुको कसरत यस्तो छ


स्थानीय चुनावमा जित्ने दलहरुको कसरत यस्तो छ

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइतरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् ।

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताए । पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उनले निर्णय भने अझै नभएको बताए ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग गठबन्धन बनाउने विषयमा अध्यक्ष ओली आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ ।

लोसपा कार्यकारिणी समितिका एक सदस्यका अनुसार एमाले, लोसपा, जनमत, नेकपाबीच आगामी निर्वाचनमा चुनावी गठबन्धनका लागि छलफल भइरहेको छ । एमाले अध्यक्ष ओली, लोसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, जनमतका अध्यक्ष राउतका साथै नेकपा अध्यक्ष विप्लवबीच छलफल भएको हो ।

एमालेको बुधबार र बिहीबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बस्दै छ । सोमबार पोलिटब्युरो कमिटीको बैठक सम्पन्न गरेको एमालेमा अधिकांश सदस्यले सत्ताइतरका दलहरुबीचमा चुनावी गठबन्धन गर्न सुझाव दिएका थिए ।

जनकपुरमा रहेका लोसपा नेता ठाकुर, महतोसँग ओली निरन्तर फोन सम्पर्कमा रहेका छन् । त्यस्तै, राउत, विप्लवसँग समेत उनको फोनवार्ता भइरहेको छ । कपिलवस्तुमा पार्टी बैठकमा रहेका विप्लव काठमाडौं आएपछि छलफल हुनेछ । छिट्टै नै नेताहरूबीच छलफल गर्दै गठबन्धनको मोडालिटीबारेमा टुंगो लगाउने तयारी रहेको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपांबीच आगामी निर्वाचनसम्म गठबन्धनलाई कायम राख्नेबारे छलफल भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने बताए । तर, गठबन्धनको मोडालिटीलगायतका विषयमा अहिलेसम्म टुंगो लाग्न नसकेको उनले बताए । छिट्टै नै चार दलबीच सबै विषयमा छलफल गरेर टुंगो लगाउने उनले बताए ।

तर, कांग्रेसभित्र गठबन्धन गर्ने र नगर्ने विषयमा मत बाझिएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन कायम राख्ने पक्षमा उभिँदै आएका छन् कांग्रेस महाधिवेशनमा देउवालाई टक्कर दिएको शेखर कोइराला समूह गठबन्धन गर्न नहुने पक्षमा उभिँदै आएको छ । यहीबीच बस्न लागेको कांग्रेस केन्द्रीय समिति बैठकबाट गठबन्धनबारे ठोस निर्णय गरिने कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताए ।

कांग्रेसभित्र मतभिन्नता भए पनि माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन हुने निश्चित छ । जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनसम्म गठबन्धन बनाएरै निर्वाचनमा सहभागी हुनेबारेमा छलफल भइरहेको बताए ।

यसैबीच एमालेसँग गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका लोसपा अध्यक्ष ठाकुर कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवासँग समेत आन्तरिक छलफलमा रहेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको लोसपा सत्तारूढ गठबन्धनमै सहभागी हुन खोजेको छ । सत्तारूढ गठबन्धनसँग सहकार्य हुन नसकेको अवस्थामा सत्ताइतरको गठबन्धनमा सहभागी हुने रणनीति ठाकुरले बनाएका छन् ।

लोसपाले उठाएको मुद्दाका विषयमा छलफल गर्ने क्रममा देउवा र ठाकुरबीच स्थानीय तहमा चुनावी तालमेल गर्ने विषयको एजेन्डाले प्रवेश पाएको छ । पार्टी प्रशिक्षण कार्यक्रममा जनकपुरधाम पुगेका ठाकुरले छलफलको क्रममा देउवाले चुनावी तालमेलको प्रस्ताव गरेको खुलासा गरेका छन् ।

तर, ठाकुर आफूहरूले उठाएको माग र मुद्दाको सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने अडानमा रहेका छन् । देउवानिकटका नेताका अनुसार लोसपासमेत निर्वाचनअघि सरकारमा सहभागी हुनेछ ।

लोसपा कार्यकारिणी समितिका सदस्य इकबाल मियाले प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच चुनावी तालमेल, पार्टीले उठाएको मुद्दाबारे छलफल भइरहेको बताए ।

‘लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । त्यसपछि सरकारमै सहभागी हुन प्रधानमन्त्रीले आग्रह गर्दै आउनुभएको छ । तर, हामीले हाम्रो माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने भन्दै आएका छौं । उहाँ (प्रधानमन्त्री) ले आगामी स्थानीय तह निर्वाचनमा तालमेलको समेत प्रस्ताव गर्नुभएको छ तर अहिले निर्णय भएको छैन,’ मियाँले भने ।

देउवा र ठाकुरबीच चुनावी तालमेलका विषयमा छलफलका लागि तीनपटक भेटघाट भइसकेको मियाँले बताए । अध्यक्ष ठाकुरले समेत सरकारमा सहभागिताका विषयमा छलफल भइरहेको बताएका छन् । जनकपुरमै रहेका ठाकुरले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन र आगामी निर्वाचनमा तालमेल गर्न प्रस्ताव गरेका जनाएका छन् ।

यसैबीच, माओवादी अध्यक्ष पुष्पकमल दाहालले देउवा र ठाकुरबीच चुनावी तालमेलको विषयमा छलफल भइरहेको खुलासा गरेका छन् । पार्टी प्रशिक्षण कार्यक्रमका लागि मंगलबार जनकपुरधाम पुगेका दाहालले तालमेलबारे छलफल भइरहेको भए पनि औपचारिक रूपमा गठबन्धनभित्र प्रस्ताव नआएको बताए । समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’

‘तिलौराकोट–कपिलबस्तु सम्पदा उत्सव’

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञसँग छलफल

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञसँग छलफल

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि