पुर्वी नवलपरासीको विनयी त्रिबेणी ६ को आयोजनामा गण्डक क्षेत्रमा डुबान, कटान र नियन्त्रण सम्बन्धि भेला त्रिबेणीमा सम्पन्न भएको छ । वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाह कोअध्यक्षता तथा गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै गुप्ताले विनयी त्रिबेणी ६ र ७ मा पहाडी खोलाले पुर्याएको क्षति रोक्त र गण्डक नदीले पुर्याएको नोक्शानी नियन्त्रण गर्न सम्पर्क अधिकारी मार्फत भारतिय पक्षको ध्यानाकर्षण गनुैपर्ने बताउनुभयो । सो अवसरमा वडा नम्बर ७ का वडाध्यक्ष उमेश कार्कीले गण्डक नदीको धार उत्तर तर्फ आउन थालेको हुदा भविष्यमा निम्तिने समस्यालाई समाधान गर्न दिर्घकालिन योजना बनाएर अगाडी बढ्नुपर्ने कुरामाथि जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस नवलपुरका जिल्ला सदस्य निरञ्जन थापा, अचल कुमार जोशी, चिरञ्जिवी ढुंगाना, यम बाहदुर थापा, द्धारिका घिमिरे, हरबेन्द्र कुमार कार्की, शैलेन्द्र कुमार शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सहगिभा बाढिपिडितहरुले विनयी त्रिबेणी वार्ड नम्बर ६ र ७ मा बर्षायाममा पहाडी खोलाहरु मनवबस्तीमा जोखिम निम्तिएको, आफुहरुको बाली नाली नष्ट गरेको र खेती योग्य जमिन समेत बगर बनाउने गरेको हुदा सो को तत्काल रोकथाम गर्नुपर्ने बताएका थिए । भेलाले आगामी दिनमा नेपाल भारतका सिचाई अधिकारी, जिल्ला प्रशासन कार्यालय र गण्डक नदी नियन्त्रण सर्घष समितिका पदाधिकारीहरु बीच अन्र्तकृया गर्ने निर्णय भएको वडाध्यक्ष शाहले जानकारी दिनुभएको छ ।