Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु क्षेत्र नं. २ संघीय सांसद पदमा मेरो पनि दावेदारी छः नेता पाण्डेय

पार्टी संगठन सर्वोपरी हो, पार्टीले गर्ने निर्णयलाई आत्मसात गरि अघि बढ्छु । पद र प्रतिष्ठा गौण हो

Author Avatar साझा न्यूज 21st August 2022 , 12:05 AM
कपिलवस्तु क्षेत्र नं. २ संघीय सांसद पदमा मेरो पनि दावेदारी छः नेता पाण्डेय

साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु । कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट आफुले उम्मेदवारको रुपमा दावेदारी प्रस्तुत गरेको नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेयले बताएका छन् । पार्टी संगठनले टिकट दिए यस पटक आम कार्यकर्ता र मतदाताको सहयोगमा आफु संघीय सांसद पदमा निर्वाचित हुन सक्ने आधार रहेको नेता पाण्डेयले बताएका छन् ।

दोस्रो संविधान सभा निर्वाचन २०७० मा वर्तमान सांसद बृजेश कुमार गुप्तासंग २ सय ३८ मतले पराजित भएका नेता पाण्डेयको करीब १ हजार ४ सय मत बदर भएको थियो । अधिकांश मत बदर भएका कारण प्राविधिक रुपमा हार स्वीकार्नु बाध्य भएका नेता पाण्डेय आम मतदाता विच ईमान्दार निष्ठावान नेताका रुपमा परिचित छन् । यसै गरी अघिल्लो प्रदेश सभा निर्वाचन २०७४ मा नेता पाण्डेयल २ सय ५० मत भन्दा कम फरकबाट हार व्यहोरेका थिए भने नेपाली कांग्रेसबाट टिकट नपाएर विद्रोही लडेका उम्मेदवार राजु प्रसाद अर्यालले ४ हजार ५ सय बढी मत प्राप्त गरेका थिए ।

यस अघि संविधान सभा निर्वाचन २०७० र प्रदेश सभा निर्वाचन २०७४ मा आफुलाई आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले अन्तरघात गरेका कारण आफ्नो हार भएको नेता पाण्डेयले बताए । यस पटकको निर्वाचनमा पार्टी नेता कार्यकर्ताको आफुलाई सहयोग प्राप्त हुनेमा आफु पूर्ण आशावादी रहेको उनले बताए ।

२०४० साल बाट आफु नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेको उनले बताए । निरंकुश पंचायती शासन विरुद्धको आन्दोलन, राजा ज्ञानेन्द्रको शाही शासनकाल विरुद्धको आन्दोलन र २०६२।०६३ को आन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट नेता पाण्डेयको जिल्लामा नेतृत्वदायी भूमिका रहेको थियो । २०६४ सालको मधेश आन्दोलनका पश्चात् मुलुकमा खुलेका मधेशवादी दलको केन्द्रिय पदमा मनोनित गर्ने, मधेश केन्द्रित राजनितिको नेतृत्व गर्ने जिम्मेवारी मधेश केन्द्रित दलका शिर्ष नेताहरुले दिन खोज्दा नेता पाण्डेय नेपाली कांग्रेसकै विचार र सिद्धान्तमा अडिग रहदै आएका छन् । राजनितिमा मेरो लागि पद र प्रतिष्ठा भन्दा पनि सिद्धान्त र निष्ठा ठुलो कुरा हो, नेता पाण्डेयले भने, “ ।”

आगामी मंसीर ४ गते को निर्वाचनमा संघ र प्रदेशमा नेपाली कांग्रेस माओवादी र जनता समाजवादी पार्टीसंग गठवन्धन गरेर निर्वाचन लड्ने निर्णय भए संगै जिल्ला नेताहरुमा टिकट माग्ने होडवाजी चलेको छ । निर्वाचन क्षेत्र नं. १ मा गठवन्धनका तर्फबाट नेकपा माओवादीको उम्मेदवारलाई संघीय सांसद पदमा भागवण्डाबाट उम्मेदवार बनाउने संभावना बढेको छ । क्षेत्र नं. ३ मा वर्तमान सांसद अभिषेक प्रताप शाहको टिकट प्राय पक्का जस्तै छ ।

बांकी रहेको क्षेत्र नं. २ को टिकट लिएर लड्न जिल्लाका नेताहरु दीप कुमार उपाध्याय, सुरेन्द्र राज आचार्य, विरेन्द्र कुमार कनोडिया लगायतका नेताहरुले दौडधुप शुरु गरिसकेका छन् । यसै दौडमा आफुले आफु आफ्नो प्रवल दावेदारी रहेको नेता पाण्डेयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

दीपक मनाङे काँग्रेसमा प्रवेश, शशांक कोइरालाले गरे स्वागत

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

भर्खरै प्रकाशित

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज