कपिलवस्तु, ८ असोज । नेपाली काँग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन पार्टीका नेता तथा क्रियाशील सदस्यहरूलाई अपिल गरेको छन।
क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्यायले विज्ञप्ति जारी गर्दै असोज १५ गतेदेखि सुरु हुने वडा, पालिका, प्रदेश, क्षेत्र, जिल्ला अधिवेशन तथा केन्द्रीय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको हो।
विज्ञप्तिमा वडा तहबाटै काँग्रेसको लोकतान्त्रिक अभ्यास सुरु भइसकेको उल्लेख गर्दै यसले गाउँ, नगर तथा वडा तहमा नयाँ उत्साह र ऊर्जा सञ्चार गरेको जनाइएको छ।
सभापति उपाध्यायले अधिवेशनको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउँदै सबल, सुदृढ र एकताबद्ध काँग्रेस निर्माणमा योगदान गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
उहाँले वडा, पालिका तथा क्षेत्रका सबै तह र तप्कामा रहेका क्रियाशील सदस्य तथा कार्यकर्तालाई अधिवेशनका सम्पूर्ण प्रक्रियामा सक्रिय र उत्साहजनक सहभागिता जनाउन विशेष अपिल गर्नुभएको छ।















































