आजको पञ्चाङ्ग
श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन ६ गते बिहीबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २२ तारिख आश्विन कृष्ण पक्षको द्वादशी तिथि अश्लेषा नक्षत्र शिव योग कौलव करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १७ः५९ मा हुनेछ । द्वादशी श्राद्ध ।
आजको राशिफल
मेष – भागदौड बढ्नेछ । कर्ममा रुचि बढ्नेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनमा सुख वृद्धि हुनेछ । मान, सुख, समृद्धि बढ्नेछन् । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – पराक्रम बढ्नेछ । सम्पत्ति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ । फजुल खर्च पनि बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।
मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । कार्यगति वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – आरोग्यता बढ्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – लगानी र खर्च बढ्नेछ तर ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ । व्यस्तता वृद्धि हुनेछ ।
कन्या – आयबल बढ्नेछ । कमीकमजोरीलाई सुधार गर्ने मौका छ। मनग्य धन आर्जन होला । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला – कर्मबल बढ्नेछ । दाम्पत्यसुख वृद्धि होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तर अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । साझेदारीको काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – सौभाग्य बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । तर ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ । अरूको भरपर्दा धोका पाइएला । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।
धनु – ब्यस्तता वृद्धि होला । सकारात्मकता बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । दैनिक काममा सफलता मिल्नेछ ।
मकर – आरोग्य वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ – प्रेमभाव बढ्नेछ । कार्य क्षमता वृद्धि हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।।
मीन – प्रेमपात्रसित भेटघाट हुनेछ । प्रेमबल बढ्नेछ । शुभ काममा भाग लिनुहुनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ ।
















































