Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (३ कात्तिक २०७९ बिहीबार, २० अक्टोबर २०२२)

Author Avatar साझा न्यूज 20th October 2022 , 6:49 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक ३ गते तद्अनुसार सन् २०२२ अक्टुबर २० तारिख बिहीबार कार्तिक कृष्णपक्षको दशमी तिथि अश्लेषा नक्षत्र ९ः५० पर मघा नक्षत्र शुक्ल योग बब करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा ९ः५० बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०७ मा भयो र सूर्यास्त साँझ १७ः२८ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन मिश्रित परिणाम दिने खालको छ । पारिवारिक सुखशान्ति बढे पनि आर्थिक पक्षबाट त्यति खास प्रयत्न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – आज व्यस्तता बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। इर्ष्यालु पात्रहरूले काममा अवरोध पुर्याउन खाज्नेछन्, होसियार रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – आजको दिन स्वास्थ्य कमजोर रहे पनि पराक्रम बढ्नेछ । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । परोपकारमा मन जानेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – कार्यगति र पराक्रम वृद्धि हुनेछ । तर सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । रसरागमा आकर्षण रहला । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आज कर्ममा रुचि बढ्ने र मित्रजनको साथ मिल्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख–शान्ति मिल्नेछ ।

कन्या – व्यापारमा फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइने योग छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – आजको दिन अनावश्यक भ्रमण हुन सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तथापि, मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । शुभ र धनवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ । प्रतिष्पर्धीलाई पछि पार्न सकिएला । तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – रोकिएको काम बन्ने समय छ । तर विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – दौडधुप गर्ने समय छ । कार्यक्षमता बढ्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ, ख्याल राख्नुहोला । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – शुभता बढ्नेछ । परिवारिक सुख र काममा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आरोग्य वृद्धि हुने र पराक्रम बढ्ने योग भए पनि अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ। आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । आफन्तको साथ मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज