Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (४ कात्तिक २०७९ शुक्रबार, २१ अक्टोबर २०२२)

Author Avatar साझा न्यूज 21st October 2022 , 8:16 AM
आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)
  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७९ कार्तिक ४ गते शुक्रबार तद्अनुसार सन् २०२२ अक्टुबर २१ तारिख कार्तिक कृष्ण पक्षको एकादशी तिथि १५ः३३ पर द्वादशी तिथि मघा नक्षत्र शुक्ल योग कौलव करण आनन्दादियोगमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६ः०७ बजे भयो र सूर्यास्त साँझ १७ः२८ बजे हुनेछ । रमा एकादशी व्रत, गोवत्स द्वादशी ।

आजको राशिफल

मेष – स्वास्थ्यका दृष्टिले आजको दिन राम्रो भए पनि नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्ने दिन छ । बौद्धिक र सृजनात्मक काममा भने सफलता मिल्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्ने भए पनि आजको दिन शुभकारी र सुखद रहला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । वैवाहिक जीवन सुखी हुनेछ । पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – कार्यशक्ति बढ्नेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन खर्च बढ्ने, विवाद उत्पन्न हुने र शत्रुले सताउने योग रहेकोले एकदमै सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । सवारीसाधन चलाउँदा पनि विचार खास विचार राख्नुपर्नेछ । स्वास्थ्यका लागि खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनुहोला ।

सिंह – दिन रमाइलो रहला । आरोग्यता बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । आज तपार्इंको धनजनमा वृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । मिठो भोजन प्राप्त हुनेछ ।

कन्या – कार्य क्षमता र परिवारिक सुख वृद्धि हुनेछ । धनलाभको योग छ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । मनोकूलको काममा सफलता मिल्नेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । हासविलासमा रुची बढ्नेछ । ख्याति फैलिनेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – नयाँ काम पाउने योग रहे पनि आज कुनै पनि नयाँ काम नथाल्नु होला । लेनदेको काम पनि नगरेकै वेश होला । घरमा पाहुना आगमनको दिन छ । धनको लाभ होला । रमाइलो यात्राको योग रहेको छ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला ।

वृश्चिक – आजको दिन धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्क्ने भएकोले खानामा एकदमै सजक रहनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । सफलताको लागि धैर्य र संयमले काम गर्नुहोला ।

धनु – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने भएपनि सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । साथै मनमा केहि दुविधा पनि रहला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । आज स्वास्थ्य कमजोर रहने योग छ । सन्तानबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त रहला ।

मकर – दौडधुप बढे पनि पारिवारिक सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, वैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । साहसिक काम बन्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ ।

कुम्भ – आजको दिन रसरागको भाव वृद्धि हुनेछ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जांगर थपिने देखिन्छ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । आनन्द र सुख शान्ति बढ्ला ।

मीन – आरोग्यता बढे पनि पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला । मनमा उदासिनता बढने र काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

कपिलवस्तुमा भन्सार छलीका सामान बरामद, मोटरसाइकलसहित लाखौँको सामग्री नियन्त्रणमा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज