Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डोटी केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प, ६ जनाको मृत्यु

Author Avatar साझा न्यूज 9th November 2022 , 7:34 AM
डोटी केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प, ६ जनाको मृत्यु
  • रासस

डोटीमा केन्द्रविन्दु भएर गएराति आएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका-३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित ६ जनाको मृत्यु भएको बताउनुभयो ।

भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताउनुभयो । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिनुभयो ।

त्यसअघि पनि राति ९:७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना–५ की लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताउनुभयो ।

उहाँका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ । राति हुनाले केही जानकारी आउन सकेको छैन । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुस भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

भर्खरै प्रकाशित

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज