कपिलवस्तु, १ मंसीर । महाराजगंज नगरपालिकाका एक वडा अध्यक्षको मृत्यु भएको छ ।
महाराजगंज नगरपालिका वडा ७ का वडा अध्यक्ष रामरुप बढई मृत्यु भएको हो ।
मुटु रोगबाट ग्रसित रहेका वडा अध्यक्ष बढईको भारतमा उपचारका क्रममा गतराती मृत्यु भएको हो ।
वडा अध्यक्षको मृत्युमा दुख ब्यक्त गर्दै महाराजगञ्ज नगरपालिकाकाले मगंलबार शोक बिदा दिइएको पालिकाले जनाएको छ ।
















































