Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थिर समयमा प्रचारप्रसार गरेको पाइए कारबाही हुन्छ : निर्वाचन आयोग

Author Avatar साझा न्यूज 15th November 2022 , 11:33 AM
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ता सुरु

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनैपनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरुलाई यस बारेमा पुनः सचेत गराएको हो ।

मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनैपनि कार्यक्रम गर्न नपाउने बताए । उनले भने, ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि निर्वाचनसँग सम्बन्धित कुनैपनि कार्यक्रमहरु गर्न पाइँदैन । सम्पूर्ण कार्यक्रम निषेध गर्दछ ।’

उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रुपमा प्रयोग गर्नुपर्ने बताए । ‘विगतमा हाम्रो अभ्यासलाई हेर्दा यसलाई मौन अवधि भनेर सम्बोधन गरेको रहे छ। बीचमा हामीले कहाँ छ मौन अवधि भनेर हेर्दा कतै पनि भेटेनौँ’, उनले भने ‘त्यसैले हामीले त्यसलाई मौन अवधि भनेर मानेनौं । केही ठाउँमा यो भन्दाअघि शून्य समय भन्यौं ।’

मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने उनले बताएका छन् । उनले कुनैपनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए ।

‘४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुन्छ । मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुन्छ । कुनै पनि प्रकारको प्रचारप्रसार सम्बन्धी वा यसलाई मत देउ, यसलाई नदेउ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देउ, नदेउ भन्न पाइँदैन । यदि कसैले प्रचारप्रसार ग¥यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मान्छ । कडा नै सजाय मान्छ’, उनले भने ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ । आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

भर्खरै प्रकाशित

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज