Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चुनावलाई लोकतन्त्रको उत्सवका रूपमा मनाउन प्रधानमन्त्रीको अपिल


प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन्।

आज एक भिडियो सन्देश जारी गर्दै उनले मुलुक निर्वाचनको अन्तिम चरणमा रहेको र लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन लोकतन्त्रको आत्मा भएको उल्लेख गरेका छन्।

‘निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु हामी सबैको दायित्व हो। जाहाँनिया राणा शासनविरुद्धको आन्दोलनदेखि अहिलेसम्म मुलुकले राजनीतिक सङ्घर्षको चरण पूरा गरिसकेको छ। अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने छ,’ उनले भने।

कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै उनले अब मुलुकलाई समृद्धितर्फ अघि बढाउनु कांग्रेसको जिम्मेवारी भएको बताए।

विसं २०४६ पछि मुलुकले आर्थिक र सामाजिक विकासमा एक बाटो लिएको भए पनि अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए।

‘हाम्रा युवा प्रविधि र ज्ञानमा उत्कृष्टता हासिल गर्दैछन्। उनीहरुको ज्ञानको कदर हुने गरी आगामी दिनमा हामी नयाँ सोचका साथ अघि बढने छौँ। हाम्रा शासन प्रणालीलाई आधुनिक बनाउँदै सरकारी सेवालाई चुस्त दुरुस्त पार्ने परिपाटीको विकास गर्नेछौँ’, उनले भने।

सीमान्तकृत समुदायको अधिकार प्राप्तिदेखि पिछडिएको समुदाय र क्षेत्रको उत्थानमा कांग्रेसको सरकारले धेरै महत्वपूर्ण काम गरेको बताउँदै उनले यसलाई अझै परिणाम देखिने गरी अघि बढाइने उल्लेख गरेका छन्।

निर्वाचनमा जनताको अमूल्य मतले मुलुकको भाग्य र भविष्यको मार्गचित्र तय गर्ने उनको भनाइ छ।

उनले दुई-दुई पटक संसद् विघटन भएपछि असहज र अन्योलपूर्ण परिस्थिति आएको कुरा सबैमा जगजाहेर नै रहेको उल्लेख गर्दै सहमति र सहकार्यको जगमा गठबन्धनको सरकार गठन भएको र त्यही सूत्रका आधारमा मुलुकलाई अघि बढाउन आफूहरु दृढ सङ्कल्प रहेको बताए।

प्रधानमन्त्री देउवाले निर्वाचनमा उत्साहपूर्वक सहभागी भई प्रत्यक्षतर्फ कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा र समानुपातिकतर्फ कांग्रेसको रुख चिह्नमा अमूल्य मतदान गर्न सबै मतदातालाई आग्रह गरेका छन्।

आफूहरु कुरा होइन काम गर्छौं भन्नेमा विश्वास दिलाउँदै मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन सबैलाई उनले अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

गण्डकपीडितले  १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

गण्डकपीडितले १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि